एफसीसीले ८०० मेगाहर्जको स्पेक्ट्रमलाई रिब्याण्ड गर्ने

Technology Khabar १२ बैशाख २०७८, आईतवार

एफसीसीले ८०० मेगाहर्जको स्पेक्ट्रमलाई रिब्याण्ड गर्ने

काठमाडौं ।

अमेरिकाको एफसीसीले ८०० मेगाहर्जको स्पेक्ट्रम ब्याण्डलाई पुन: ब्याण्ड गर्ने कामको ठूलो हिस्सा टुङ्ग्याएको बताएको छ।

व्यावसायिक सेलुलर नेटवर्कले पब्लिक सेफ्टी नेटवर्कलाई हस्तक्षेप नगरुन् भन्ने उद्देश्यले रिब्याण्ड गरिएको बुझिएको छ।

उक्त बैठकमा एफसीसीले २२०० मेगाहर्जको स्पेक्ट्रम अन्तरिक्ष उद्योगका लागि छुट्याएको पनि जानकारी दिएको छ। सन् २००४ मा एफसीसीले जनसुरक्षा रेडियो प्रणालीमा टी मोबाइलले सञ्चालन गरेको अन्य व्यवसायिक सेलुलर नेटवर्कको हस्तक्षेप रोक्न ८०० मेगाहर्ज रिब्याण्ड गरेको थियो।

यो प्रक्रियामा टी मोबाइललाई जनसुरक्षा नेटवर्कभन्दा माथिल्लो रेन्जमा सारिएको थियो।

अहिले गरिएको रिब्याण्डको काम लगभग सकिएको छ। यसमा २१०० मेगाहर्जलाई नयाँ च्यानलमा सारिएको छ भने यो गर्दा जनसुरक्षाका नेटवर्कमा कुनै समस्या नपुर्याइएको एफसीसीले बताएको छ।

अहिले निजी अन्तरिक्ष यात्रा तथा स्याटेलाइट प्रक्षेपण कम्पनीहरुलाई तयारी हालतमा पाइने गरी २२०० देखि २२९० मेगाहर्जको ब्याण्ड छुट्याइएको छ।

यी ब्याण्ड प्रक्षेपणपूर्वको परीक्षणका बेला तथा प्रक्षेपणका बेला अन्तरिक्षमा पठाइने यानमार्फत् प्रसारणका लागि प्रयोग गरिनेछन्।

अहिलेको नयाँ नियमले २२००-२२९० मेगाहर्जको गैर संघीय तथा द्वितीयक ब्याण्ड छुट्याएको छ।

यसको इजाजत प्रक्रियाका लागि संघीय तथा व्यावसायिक अन्तरिक्ष प्रक्षेपण संस्थाले एक आपसमा बाँडेर चलाउन मिल्ने बनाउनका लागि आवश्यक प्राविधिक तथा सेवासम्बन्धी नियमसहित अर्को परामर्श आवश्यक हुने बताइएको छ।

एफसीसीले ४२०-४३०, २०२५-२११० तथा ५६५०-५९२५ मेगाहर्जका अन्य तीन ब्याण्डलाई पनि सम्भावित अन्तरिक्ष प्रक्षेपणका लागि छुट्याउन सकिन्छ कि भन्ने विषयमा पनि सुझाव मागेको छ।

easy care

प्रकाशित: १२ बैशाख २०७८, आईतवार