एप्पल एमआर हेडसेट ग्लासमा आई ट्र्याकिङ्ग र एट के भिजुअल्सको सुबिधा हुनसक्ने

Technology Khabar १२ बैशाख २०७८, आईतवार

एप्पल एमआर हेडसेट ग्लासमा आई ट्र्याकिङ्ग र एट के भिजुअल्सको सुबिधा हुनसक्ने
Classic Tech

लामो समयदेखि एप्पल ग्लासको बारेमा धेरै अफवाहहरु आईरहेका छन्। यद्यपि एप्पलका सीईओ टिम कुकले यस अघि नै स्वीकार गरिसकेका छन् कि कम्पनीले भविष्यमा अग्मेन्ट रियल्टी (एआर) लाई महत्त्वपूर्ण क्षेत्रको रूपमा हेर्दछ ।

एप्पल ग्लासको कुनै अफवाहको बारेमा बजारमा निकै चर्चा छ भने यसको अहिलेसम्म कुनै इमेज बाहिर आएको छैन् ।

तर ब्लूमबर्ग र लोकप्रिय विश्लेषक मिङ्ग ची कुओबाट जारी गरिएको रिपोर्टमा एप्पल ग्लासको तस्वीर देखिएको छ र  एप्पल ग्लास वर्ष २०२२ को पहिलो अर्ध वार्षिकमा लन्च गर्न सकिनेछ भनेर दाबी पनि गरिएको छ। अर्को शब्दमा भन्दा एप्पलको सबैभन्दा ठूलो हार्डवेयर अनावरण अर्को क्यालेन्डर वर्षमा हुनेछ।

रिपोर्टका अनुसार एप्पल एमआर हेडसेट पहिलो जेनरेशनको हुनेछ, जसमा भविष्यमा हुने परिवर्तनको लागि धेरै स्कोप हुनेछ। यसले एप्पलको एमआर ग्लास बनाउने दृष्टिकोणलाई देखाउनेछ जुन सामान्य आईवेयर अर्थात चश्मा जस्तै हुनेछ।

ब्लूमबर्गको रिपोर्ट अनुसार यसको तौल २०० ग्राम सम्म हुन सक्छ। जुन हाल कम्पनीले काम गरिरहेका प्रोटोटाइप एप्पल ग्लास भन्दा ५० प्रतिशत कम हुनेछ।

यसको फिचरहरूको बारेमा कुरा गर्दा, एप्पल एमआर हेडसेटमा एक दर्जन क्यामराहरु हुन सक्छ। लोकप्रिय विश्लेषक मिङ्ग ची कुओका अनुसार हेडसेटमा १५ ओ६ा क्यामरा हुन सक्दछ, जसमध्ये आठ एआर भिजुअलका लागि छ वटा जेश्चर र मोशन रिकग्निशनका साथ बायोमेट्रिकको लागि, एउटा क्यामरा वातावरण पत्ता लगाउनका लागि रहनेछ।

यसमा, विशेष गरी आँखा ट्र्याकिङ्गको लागि फ्रेस्नेल लेन्स प्रयोग गरिनेछ, जुन यसको प्रमुख सुविधा हुनेछ।

जानकारीअनुसार यसको मूल्य १००० डलर हुन सक्नेछ, जुन एप्पलको लागि असामान्य हो।

अर्कोतर्फ अझ महत्त्वपूर्ण भनेको एप्पलको लन्चिङ्ग कार्यक्रम अझ रमाईलो देखिनेछ। किनभने केहि रिपोर्टहरूले यो पनि दावी गरेका छन कि एप्पलले यस बर्ष यसको प्रोटोटाइप देखाउन सक्छ र यो पूर्णरुपमा उपलब्ध भएपछि यसलाई व्यापारिक रूपमा उपलब्ध गराउनेछ। एजेन्सीका साथ

TK Viber

प्रकाशित: १२ बैशाख २०७८, आईतवार

Loading...