यस्तो हुन सक्नेछ एप्पलको पहिलो इलेक्ट्रिक कार

Technology Khabar १२ बैशाख २०७८, आईतवार

यस्तो हुन सक्नेछ एप्पलको पहिलो इलेक्ट्रिक कार
Classic Tech

आईफोन निर्माता एप्पलले हालै विद्युतीय कार उत्पादन गर्ने चर्चा जोडतोडसँग चलेको छ ।

यो चर्चा एप्पलले आफैंले निकालेको वा एप्पलको आधािकारिक धारणाबाट चुलिएको भने होइन। हालै पेइसर्ट डिजाइन नामक कम्पनीका डिजाइनर सन पेइसर्टले यदि एप्पलले विद्युतीय एसयूभी बनायो भने यस्तो हुन सक्नेछ भन्दै सामाजिक सञ्जालमा आफूले बनाएको एप्पल एसयूभीको फोटो तथा भिडियो राखेपछि धेरै जनाको ध्यान तानिएको हो।

यसलाई हाइपर एसयूभीका रुपमा लिइने र यसको नाम एप्पल वान तथा एप्पल वान स्पोर्ट्स गरी दुई भेरियन्टमा आउन सक्ने भन्दै पेइसर्ट डिजाइनले यी दुवैका स्पेसिफिकेशन सहितको स्केच तयार पारेर सामाजिक सञ्जाल फेसबुक तथा युट्युबमार्फत पेश गरेको हो।

यसबारेमा एप्पल आफैंले भने कुनै आधिकारिक धारणा बाहिर ल्याएको छैन।

पेइसर्टले बनाएको डिजाइनमा एप्पल वान र एप्पल वान स्पोर्ट रहेका छन् भने यिनीहरुको स्पेसिफिकेशन पनि अलग अलग रहेको छ।

उनले भनेका छन्, ‘यदि एप्पलले साँच्चिकै अटो बजारमा पाइला राख्यो भने ढिला चाँडो विद्युतीय एसयूभी नै ल्याउनेछ। यसरी एप्पल आरआर कुलिनन, बेन्टले बेन्टेगा, मर्सिडिज जीएलएस, बीएमडब्ल्यू एक्स७ तथा रेञ्ज रोभर भोगकै लाइनमा उभिनेछ।’

एप्पल वान

कम्पनी शुरु हुँदाको सीड मनी १३०० डलर रहेको सम्झना स्वरुप यसले १३०० बीएचपीको शक्ति उत्पादन हुनेछ। प्रत्येक चक्कामा चारओटा मोटर हुनेछन् भने एक पटक चार्ज गर्दा १२८० किलोमिटर गुड्नेछ। यसमा अगाडि २ र पछाडि ५ गरी ७ सिट रहनेछ भने यो चार रंगमा उपलब्ध हुनेछ।

एप्पल वान स्पोर्ट्स

कम्पनी शुरु भएको वर्षको सम्झना स्वरुप यसले १९७६ बीएचपीको शक्ति उत्पादन गर्नेछ। प्रत्येक चक्कामा चारओटा मोटर हुनेछन् भने एक पटक चार्ज गर्दा १०४० किलोमिटर गुड्नेछ। यसमा ४ ओटा कार्बन सिट हुनेछन् भने स्पेस ग्रे नामको एक मात्र रंगमा उपलब्ध हुनेछ। अतिरिक्त एरो कम्पोनेन्ट र कूलिङ इन्टेकले यसलाई साँच्चै स्पोर्टी बनाएको छ।

यसबाहेक यी दुवै मोडलमा सोलार पानोरामिक रुफ, अगाडिपट्टि एप्पलको चम्कlलो लोगो, म्याक प्रो उत्पेरित अग्रभागको ग्रिल, वायरलेर् चार्जिङ तथा आइकन प्रोजेक्टरसहितको लेजर हेडलाइट रहनेछ। साथै हाउभाउद्वारा कन्ट्रोल गर्न मिल्ने ढोका, लेभर ५ सेल्फ ड्राइभिङ सुविधा तथा एपपलको उच्च प्रविधिको कारओएसमा आधारित भित्री सजावट रहनेछ।

हाललाई अवधारणा मात्रै भए पनि यदि एप्पलले यसलाई मूर्तरुप दिने हो भने एप्पल स्मार्टफोन र डिभाइसमात्र होइन स्मार्ट हाइपर कारको क्षेत्रमा पनि खरो उत्रने अपेक्षा गर्न सकिन्छ।

TK Viber

प्रकाशित: १२ बैशाख २०७८, आईतवार

Loading...