एन्ड्रोइड र आईओएसमा भिडियो रेजोल्युशन छान्ने नयाँ अप्शन ल्याउँदै युट्युब

Technology Khabar १२ बैशाख २०७८, आईतवार

एन्ड्रोइड र आईओएसमा भिडियो रेजोल्युशन छान्ने नयाँ अप्शन ल्याउँदै युट्युब
Classic Tech

युट्युबले आफ्ना एन्ड्रोइड र आईओएस एप्लिकेशनका लागि नयाँ भिडियो रेजोल्युशन अप्शन ल्याएको छ।

अहिलेसम्म युट्युबले अटो अप्शनसहितको भिडियो रेजोल्युशनको लिस्ट दिने गरेको छ जसमार्फत् उक्त एप आफैंले यूजरको इन्टरनेट स्पीड अनुसारको रेजोल्युशन संयोजन गर्ने गर्छ।

तर अब भिडियो क्वालिटी मेन्युमा अटो, हाइअर पिक्चर क्वालिटी, डाटा सेभर र एडभान्स्ड गरी जम्मा चारओटा अप्शनमात्र देखिनेछन्।

यसमध्ये अटो अप्शनले पहिले झैं काम गर्नेछ भने हाइअर पिक्चर क्वालिटी सेटिङ अप्शनमा जाँदा त्यसले बढी ब्याण्डविथ वा डाटा खपत गर्नेछ।

अर्कोतर्फ डाटा सेभर सेटिङमा जाँदा भने युट्युबले कम डाटा खपत गर्नेछ र यसका लागि आफैंले भिडयोको रेजोल्युशन ४८० पिक्सेलमा झार्नेछ। तर इन्टरनेटको ब्याण्डविथ राम्रो भएको खण्डमा भने  डाटा सेभर सेटिङमा राख्दा पनि यसले एचडी अर्थात् ७२० पिक्सेलको रेजोल्युशनमा भिडियो स्ट्रिमिङ गर्ने पाइएको छ।

एडभान्स्ड मेन्युमा भने भिडियोका लागि विभिन्न रेजोल्युशनहरु पाइनेछ। तर कुनै पनि भिडियोका लागि छानिएको रेजोल्युशन त्यही भिडियोका लागि मात्र लागू हुनेछ। यदि सबै भिडियोहरु एउटै रेजोल्युशनका होउन् भन्ने लागेमा भने सेटिङ्समा गएर भिडियो क्वालिटी प्रिफरेन्स मेन्युमार्फत् डिफल्ट भिडियो क्वालिटी सेट गर्न सकिनेछ। यो डिफल्ट भिडियो क्वालिटी सेटिङ वाइफाइ तथा डाटा दुवैका लागि गर्न सकिनेछ।

TK Viber

प्रकाशित: १२ बैशाख २०७८, आईतवार

Loading...