नौ महिनामा १५ करोड रुपैयाँभन्दा बढीको बीटीएस आयात, चीनबाट मात्रै ७७ हजार यूनिट भित्रियो

Technology Khabar १२ बैशाख २०७८, आईतवार

नौ महिनामा १५ करोड रुपैयाँभन्दा बढीको बीटीएस आयात, चीनबाट मात्रै ७७ हजार यूनिट भित्रियो

काठमाडौं ।

नेपालमा पछिल्लो ९ महिनामा ७७ हजार ५५ वटा बीटीएस (बेस स्टेशन) तथा त्यसमा प्रयोग हुने उपकरणहरु आयात भएका छन्।

नेपाल राष्ट्र बैंकले हालै अद्यावधिक गरेको २०७७ साउनदेखि चैत्र मसान्तसम्मको प्रतिवेदन अनुसार चीनबाट सबैभन्दा धेरै ७७ हजार २२ ओटा तथा भारत बाट ३० ओटा बीटीएसहरु आयात भएका छन्। यसबाहेक हङकङ, जर्मनी र ताइवानबाट एक एकवटा बीटीएस उपकरण आयात भएको देखिएको छ।

ती उपकरणहरुका मूल्य क्रमश: चीनबाट आयात भएको १५ करोड ७२ लाख ६८ हजार, भारतबट ५ लाख ८ हजार, ताइवानबाट २५ हजार, जर्मनीबाट ६ हजार र हङकङबाट ८ हजार गरी कुल १५ करोड ७८ लाख १५ हजार रुपैयाँ रहेको छ।

पछिल्ला दिनमा देशभर दूरसञ्चार सेवाको उपयोग गर्ने प्रवृत्ति बढिरहेको छ । गत वर्षकोरोना भाइरस महामारीको संक्रमणको डरले भएको लकडाउनपछि मानिसहरुले दूरसञ्चार सेवाको उपयोग अधिकतम गरिरहेकाछन् ।

हाल विद्यालयहरु बन्द हुँदा र अधिकांशले अनलाइन कक्षा नै लिने गरेको सन्दर्भ तथा घरभित्रै मानिसहरु धेरै समय बसिरहँदा दूरसञ्चार सेवाको प्रयोग समेत बढ्ने अपेक्षा गरिएको छ।

त्यसैगरि देशभर फोरजी सेवाको बिस्तारका लागि टेलिकम अपरेटरहरु ससक्त भएर लागिरहेको बेलामा बीटीएस टावरको आयातमा वृद्धि भएको देखिएको छ।

यो सङ्ख्या अघिल्लो वर्षको सोही अवधिभन्दा ३४.२ प्रतिशतले बढी हो भने यसले देशमा पछिल्लो ९ महिनामा भित्रिएका सबै सामग्रीहरुको २.५ प्रतिशत हिस्सा ओगटेको छ।

Global Bank
easy care

प्रकाशित: १२ बैशाख २०७८, आईतवार