ह्वाट्सएपमा भ्वाइस मेसेज प्लेब्याक स्पीड फिचर परीक्षण हुँदै

Technology Khabar १२ बैशाख २०७८, आईतवार

ह्वाट्सएपमा भ्वाइस मेसेज प्लेब्याक स्पीड फिचर परीक्षण हुँदै
Classic Tech

ह्वाट्सएपको सार्वजनिक बीटा च्यानलमा भ्वाइस मेसेज प्लेब्याक स्पीड फिचर परीक्षण गरीरहेको देखिएको छ।

यो एन्ड्रोइड बीटा २.२१.९.४ भर्सनको लागि ह्वाट्सएपमा केहि प्रयोगकर्ताहरूको लागि इनेबल गरिएको थियो, तर लगत्तै अर्को दिन भोलिपल्ट अपडेट हुने एन्ड्रोइड बीटा २.२१.९.५ अपडेटको लागि फेरि डिसेबल गरिएको थियो।

यो सुविधा विकासको क्रममा छ र गत महिना केहि समयदेखि काम भईरहेको देखिएको छ। ह्वाट्सएपले तीन अडियो प्लेब्याक स्पिडको स्तरहरू ल्याउने काम गरिरहेको छ जसमा १एक्स, १.५एक्स, र २एक्स(1x,1.5x,2x) छन् ।

ह्वाट्सएप अपडेट ट्र्याकर डब्लूएबीटाइन्फोको रिपोर्ट अनुसार भ्वाइस मेसेजको प्लेब्याक स्पीड बढाउने सुविधा एन्ड्रोइड बीटा २.२१.९.४ को लागि ह्वाट्सएपमा एकदमै व्यापक रूपमा सक्षम पारिएको थियो।

प्लेब्याकको स्पीड आईकन भ्वाईस मेसेजको छेउमा देखाइएको थियो, जसमार्फत प्रयोगकर्ताले गति बढाउन सक्दछ तर घटाउन सक्दैनन् ।

तर डब्लूएबीटाइन्फोकाअनुसार ह्वाट्सएपले एक दिन पछि नयाँ एन्ड्रोइड बीटा २.२१.९.५  रिलिज गर्यो र पछिल्ला बिटामा सक्षम भएका सबैका लागि भ्वाइस सन्देश प्लेब्याक स्पीड सुविधा डिसेबल गरियो।

सामान्यतया ह्वाट्सएपले सार्वजनिक बीटा परीक्षकहरूलाई रोल आउट गर्नु अघि धेरै महिना फिचरहरूको परीक्षण गर्दछ।

यो सुविधा सार्वजनिक बिटाको लागि सक्षम गरिएको कम्पनीको तर्फबाट गल्ती हुन सक्छ, तर व्हाट्सएपले चाँडै नयाँ अपडेटको साथ सुधार गर्यो। जे होस्, यसले ह्वाट्सएपले निकट भविश्यमा चाँडै सुविधा रोल आउट गर्न सक्ने संकेत दिएको छ । एजेन्सी

TK Viber

प्रकाशित: १२ बैशाख २०७८, आईतवार

Loading...