टिकटकलाई बेलायतमा कानूनी चुनौती

Technology Khabar ११ बैशाख २०७८, शनिबार

टिकटकलाई बेलायतमा कानूनी चुनौती

काठमाडौं ।

शर्ट भिडियो शेयरिङ एप टिकटकलाई डाटा दूरुपयोग गरेको आरोपमा बेलायतमा कानूनी चुनौती सामना गर्नुपर्ने भएको छ ।

बालबालिकाहरुको डाटा संकलन र प्रयोग कम्पनीले कसरी गर्छ भन्ने विषयमा बेलायतकी पूर्व बाल आयोगकी आयुक्त एनी लङ्गफिल्डले टिकटकमाथि मुद्दा दायर गर्दैछिन् । मुद्दा बेलायत र यूरोपेली संघका करोडौं बालबालिकाहरुको तर्फबाट दायर गर्न लागिएको हो ।

मुद्दाको पक्षमा फैसला भएको खण्डमा प्रभावित बालबालिकाहरुले हजारौं डलर क्षतिपूर्ति पाउनेछन् । यो मुद्दाको विरुद्धमा लड्ने टिकटकले बताएको छ ।

टिकटकले बालबालिकाहरुको फोन नम्बर, भिडियो, लोकेशन र बायोमेट्रिक डाटासहित व्यक्तिगत सूचना लिने गरेको आरोप छ ।

उता कम्पनीले भने गोपनियता र सुरक्षा आफ्नो शीर्ष प्राथमिकता भएको र सबै प्रयोगकर्ता विशेषगरी किशोरकिशोरीलाई सुरक्षित राख्न मद्दत गर्न आफूहरुले बलियो नीति, प्रक्रिया र प्रविधि कार्यान्वयन गरेको कम्पनीको भनाइ छ । एजेन्सी

easy care

प्रकाशित: ११ बैशाख २०७८, शनिबार