मंगल ग्रहसम्मको यात्रामा धेरै मानिसहरु मर्न सक्ने एलन मस्कको भनाई

Technology Khabar ११ बैशाख २०७८, शनिबार

मंगल ग्रहसम्मको यात्रामा धेरै मानिसहरु मर्न सक्ने एलन मस्कको भनाई

काठमाडौं ।

रकेट कम्पनी स्पेसएक्सका संस्थापक तथा अमेरिकी उद्यमी एलन मस्कले मंगल ग्रहको मिसनमा धेरै मानिसहरु मर्ने चेतावनी दिएका छन् ।

हालै उनले इन्डिपिन्डेन्ट डट यूकेसँगको एक अन्तरवार्तामा मार्स मिसनमा धेरै मानिसहरू मर्नसक्ने बताएका हुन् ।

उनले आफ्नो निजी स्पेस कम्पनी स्पेसएक्सको साथ मंगल ग्रहमा जाँदा मानिसहरू मर्नसक्ने बताएका हुन् । अन्टार्कटिकामा अन्वेषक अर्नेस्ट शाकेलटनको यात्राको लागि विज्ञापनको तुलना गर्दै, मस्कले भने ‘यो खतरनाक र असहज छ’ र यसमा संलग्न व्यक्तिहरू ‘फेरि जीवित नै नफर्कने हुनसक्छन्।’

यसको बावजुद, उनले त्यस्तो अभियानलाई एक गौरवशाली साहसिक र आश्चर्यजनक अनुभव हुने बताएका छन् ।

स्पेसएक्सको मोडल, स्टारशिप, हाल रातो ग्रहमा पुग्ने उत्तम अवसर हो, र कम्पनीले दशकको अन्त्य हुनुभन्दा अघि नै मंगल ग्रहमा क्रू मिशनहरू प्राप्त गर्ने आशा राखेको छ।

हाल मंगल ग्रहमा नासाको अन्तरिक्ष यान पर्सिभेरन्सले विभिन्न उत्खनन तथा अनुसन्धान गरिरहेको छ । यो मिसनलाई निकै महत्वका साथ हेरिएको छ जसमा सानो ड्रोन हेलिकप्टर समेत रहेको छ ।

केहि दिनअघि मात्रै स्पेसएक्समार्फत अन्तराष्ट्रिय अन्तरिक्ष स्टेशनमा चारजनालाई पुर्याईएको छ र अहिले स्टेशनमा उनीहरुलाई प्रवेश गराउने कार्य भईरहेको छ ।

easy care

प्रकाशित: ११ बैशाख २०७८, शनिबार