नेपाल टेलिकम धादिङमा अब अप्टिकल फाइबर नेटवर्कमार्फत सेवा शुरु

Technology Khabar ११ बैशाख २०७८, शनिबार

नेपाल टेलिकम धादिङमा अब अप्टिकल फाइबर नेटवर्कमार्फत सेवा शुरु

काठमाडौं ।

नेपाल टेलिकम धादिङले कपर नेटवर्कलाई हटाएर फाइबर सिस्टमलाई अपनाएको छ।

नेपाल टेलिकम धादिङको नवनिर्मित भवनको एक कार्यक्रमका मार्फत नेपाल टेलिकमका प्रमुख कार्यकारी निर्देशक डिल्लीराम अधिकारीले शुक्रबार उद्घाटन गर्दै फाइबर सिस्टमको सुरुवात गरेका हुन् ।

बाग्लुङ र बनेपापछि तेस्रो पटक धादिङमा अप्टिकल फाइबर मार्फत टेलिकमले कपरलेस प्रविधि संचालन गरेको हो ।

टेलिकमले दुर्गम गाउँदेखि शहर बजार सबै ठाउँमा आवश्यकता हेरेर लगानी बढाउँदै आएको अधिकारीले जानकारी दिए। विश्वभर छरिएर बसेका सारा नेपालीलाई सञ्चारको माध्यमबाट जोडि रहेको अधिकारीले बताए।

नयाँ भवनबाट सेवा सुरु गरेको टेलिकमले सदरमुकाम धादिङबेसी सहित जिल्लाभर फाइवर नेटवर्क विस्तार गर्ने काम भइरहेको नेपाल टेलिकम जिल्ला शाखा धादिङका प्रमुख श्याममणी अर्यालले बताए । उनले टेलिकम सेवा अप्टिकल फाइबरमा परिणत भएपछि एउटै सेवाबाट गुणस्तरको इन्टरनेट टेलिफोन र टेलिभिजन सेवा उपभोग गर्न सकिने बताए।

भाडाको घरमा बस्दा उपकरणहरुको व्यवस्थित गर्न नसक्दा सेवा विस्तारमा समस्या भएको आगामी दिनमा टेलिकमको सेवा तिव्र लिईजाने प्रतिबद्धता व्यक्त गरे।

२०७१ साल बैशाखमा निर्माण सम्पन्न गर्नेगरी निर्माण सुरु गरेको भएपनि ठेकेदार कम्पनीको लापरबाहीले तोकिएको मिति भन्दा ७ वर्षपछि मात्रै भवन सम्पन्न गरेको हो ।

टेलिकमले हाल मासिक ८० हजार घर भाडा तिर्दै आएको थियो । १ करोड ९६ लाख ४६ हजारमा भवन निर्माण कार्य सम्पन्न गरिएको जानकारी दिएको छ ।

easy care

प्रकाशित: ११ बैशाख २०७८, शनिबार