शाओमीको एमआई ११ अल्ट्रा, ११ एक्स सिरिज र ७५ इन्चको टीभी भारतीय बजारमा

Technology Khabar ११ बैशाख २०७८, शनिबार

शाओमीको एमआई ११ अल्ट्रा, ११ एक्स सिरिज र ७५ इन्चको टीभी भारतीय बजारमा

काठमाडौं ।

शाओमी इन्डियाले स्थानीय बजारमा एमआई ११ अल्ट्राका साथमा एमआई ११एक्स सिरिज सार्वजनिक गरेको छ।

एमआई ११एक्स सिरिजमा एमआई ११एक्स तथा एमआई ११एक्स प्रो फ्ल्यागशिप स्मार्टफोन रहेका छन् जसलाई विश्व बजारमा रेडमी के४० र के४० प्रो+ का नामले चिनिन्छ।

शाओमी एमआई ११ अल्ट्रा

यसमा सामसङको जीएन२ सेन्सर राखिएको छ भने यसमा रहेको ५० मेगापिक्सेलको क्यामराले ८के भिडियो खिच्न सक्ने बताइएको छ। यसबाहेक ४८ मेगापिक्सेलको ५x जूमसहितको अल्ट्रावाइड पेरिस्कोप लेन्स पनि राखिएको छ।

६.८ इन्चको एमोलेड डिस्प्ले दिइएको छ भने स्न्यापड्रागन ८८८ चिपसेट र ६७ वाट फास्ट चार्जिङ सपोर्टसहितको ५००० एमएएच ब्याट्री राखिएको छ। यसको मूल्य ९३५ डलर तोकिएङ्को छ।

एमआई ११ एक्स सिरिज

एमआई ११ एक्स र ११ एक्स प्रो दुवैमा ६.६७ इन्चको फुल एचडी+ सुपर एमोलेड डिस्प्ले दिइएको छ जसको रिफ्रेश रेट १२० हर्ज छ भने यसले एचडीआर+ सपोर्ट गर्दछ।

११ एक्स प्रोमा १०८ मेगापिक्सेलको तथा ११ एक्समा ४८ मेगापिक्सेलको मुख्य क्यामरा रहेको छ। ११ एक्स र ११ एक्स प्रो दुवैमा ८ मेगापिक्सेलको अल्ट्रावाइड स्न्यापर तथा ५ मेगापिक्सेलको म्याक्रो लेन्स रहेको छ।

११ एक्स प्रोमा स्न्यापड्रागन ८८८ चिपसेट रहेको छ भने ११ एक्स मा स्न्यापड्रागन ८७० चिपसेट दिइएको छ। दुवैमा ४५२० एमएएच क्षमताको ब्याट्री दिइएको छ।

११ एक्सको मूल्य स्टोरेज क्षमता अनुसार ४०० देखि ४२७ डलर रहेको छ भने ११ एक्स प्रो को ५३५ देखि ५६० डलरसम्म पर्नेछ।

एमआई क्यूएलईडी टीभी ७५

७५ इन्द्बको क्यूएलईडी प्यानल र फोरके रेजोल्युशन भएको उक्त टीभीको रिफ्रेश रेट १२० हर्ज रहेको छ। यसमा एचडीआर+ तथा डल्बी भिजन तथा डल्बी अडियो सपोर्ट दिइएको छ।

यो टीभीमा तीनवटा एचडीएमआई २.१ पोर्ट, दुई ओटा यूएसबी २.० पोर्ट, इथरलेट पोर्छ तथा एक एक वटा अप्टिकल पोर्ट, एभी इनपुट, एन्टेना केबल तथा हेडफोन ज्याक दिइएको छ।

यसको मूल्य १६०० डलर तोकिएको छ भने आगामी अप्रिल २७ देखि उपलब्ध हुने बताइएको छ।

easy care

प्रकाशित: ११ बैशाख २०७८, शनिबार

ताजा समाचार