नेपालमै बनेको पहिलो इलेक्ट्रिक मोटरबाइक यात्रीको बुकिङ्ग, खुला यस्तो छ मूल्य र विशेषताहरु

Technology Khabar १० बैशाख २०७८, शुक्रबार

नेपालमै बनेको पहिलो इलेक्ट्रिक मोटरबाइक यात्रीको बुकिङ्ग, खुला यस्तो छ मूल्य र विशेषताहरु
Classic Tech

नेपालमा नै बनेको इलेक्ट्रिक मोटरबाइक यात्री मोटरसाइकलले उत्पादन गरेको दुई मोडल ‘पी-० र ‘पी-१’ को बुकिङ्ग शुरु भएको छ । कम्पनीले दुबै मोडेलको मूल्य निर्धारण समेत गरेको छ।

कम्पनीले बुधबार र बिहिबार काठमाडौंमा टेष्ट ड्राइभ कार्यक्रमको आयोजना गरि आफ्ना दुईओटै मोडलका इलेक्ट्रिक मोटरबाइक तयार भएको जानकारी दिएको छ।

नेपाली युवा इन्जिनियरको टिमले नेपालमा डिजाइन र उत्पादन गरेको यी दुई मोटरसाइकल मध्ये पी-० कम्पनीले एक वर्षअघि नै प्रोटोटाइप सार्वजनिक गरेको थियो। यसको ५० यूनिट उत्पादन गर्नेगरि कम्पनीले बुकिङ लिएको थियो ।

पी-०

यात्री पी-० मा प्रयोग भएको इलेक्ट्रिक मोटरले ६४ पीएस पावर र १२० एनएम टर्क प्रदान गर्दछ।

सो मोटरसाइकलमा ८ किलोवाट क्षमताको लिथियम आयोन व्याट्री दिइएको जसलाई दुई घन्टामा ३.३ किलोवाट क्षमताको चार्जरले फुल चार्ज गर्छ ।

कम्पनीकाअनुसार मोटरसाइकलले केवल २.५ सेकेन्डमा नै शुन्यदेखि ६० किलोमिटरको स्पीड भेट्टाउन सक्नेछ । यसको उच्चगति क्षमता भने १४० किलोमिटर प्रतिघन्टा रहेको छ । कम्पनीले पी-० मोडलमा ७ इन्चको टिएफटी डिस्प्ले दिएको छ । पहिलो मोडलमा फोरजी सपोर्ट, किलेस स्टार्ट, नेभिगेशन जस्ता फिचरहरु रहेका छन् ।

अगाडि ४३ एमएम आरसीपी एड्जस्टेवल यूएसडी फर्क र पछाडि आरसी एड्जस्टेवल नाइट्रोजन-चार्जड मोनोशक सस्पेन्सन दिइएको छ ।

अगाडि ३२० एमएम डिस्क र पछाडि २४० एमएमको डिस्क ब्रेक उपलब्ध रहने छ । कम्पनीले यसमा १७५ एमएमको ग्राउन्ड क्लियरेन्स र १४०० एमएमको ह्वीलवेस दिएको छ ।

यात्री मोटरसाइकल कम्पनीले आफ्नो पहिलो प्रोजेक्टको रुपमा घोषणा गरेको ‘पी-०’ को बजार मूल्य १९ लाख ४९ हजार रुपैयाँ तोकेको छ ।

पी-१

नयाँ मोडल ‘पी-१’ भने आजबाट ग्राहकले बुकिङ गर्न सक्ने कम्पनीले जानकारी दिएको छ ।

यात्रीको पी-१ मोटरसाइकलले १९ पीएस पावर र ९० एनएम टर्क प्रदान गर्नेछ । यसको टप स्पीड क्षमता १०० किलोमिटर प्रतिघन्टा रहेको छ । चेन ड्राइभ सिस्टममा तयार भएको पीऔ१ मोडलमा ठूलो स्पोर्केट प्रयोग गरिएको छ ।

स्टाइल बडी फ्रेममा तयार भएको यो एड्भेन्चर मोटरसाइकलमा १७ इन्चको टायर प्रयोग गरिएको छ ।

यात्री मोटरसाइकलले पी-१को मूल्य ४ लाख ९५ हजार रुपैयाँ तोकेर बुकिङ खुला गरेको जनाएको छ ।

TK Viber

प्रकाशित: १० बैशाख २०७८, शुक्रबार

Loading...