बिटक्वाइनको मूल्य घट्दा क्रिप्टोकरेन्सी बजारले २४ घण्टामा नै २६० अर्ब डलर गुमायो

Technology Khabar १० बैशाख २०७८, शुक्रबार

बिटक्वाइनको मूल्य घट्दा क्रिप्टोकरेन्सी बजारले २४ घण्टामा नै २६० अर्ब डलर गुमायो

काठमाडौं ।

बिटक्वाइन र अन्य डिजिटल मूद्राहरुको मूल्य घटेपछि शुक्रवार क्रिप्टोकरेन्सी बजारको मूल्य मध्ये २६० अर्ब डलर हराएको छ। क्रिप्टोकरेन्सी बजारले २४ घण्टाभित्र एकै झट्कामा २६० अर्ब डलर गुमाएको हो ।

क्वाइन डेस्क डाटाअनुसार बिटक्वाइन पछिल्लो २४ घण्टामा लगभग १० प्रतिशतले तल झरेर ४९,२८१.४० डलरमा पुगको थियो । त्यसैगरि इथेरियम पनि घटेर २,२०२.०५ डलर पुगेको थियो । पाँचौं ठूलो क्रिप्टोकरन्सी एक्सआरपी भने २२ प्रतिशतले डुब्यो ।

यसले सम्पूर्ण क्रिप्टोकरेन्सी बजारबाट लगभग २६० अर्ब डलर बराबरको रकम गुमाएको थियो ।

बिक्री र मूल्य ह्वात्तै तल ओर्लियो भन्ने अझै अस्पष्ट छ, यद्यपि क्रिप्टोकरेन्सीहरू उनीहरूको बजार मूल्यमा ह्वात्तै घटबढ हुने मामलामा परिचित छन् ।

यो वर्ष बिटक्वाइन ७१ प्रतिशत र इथेरियम २०० प्रतिशतले  वृद्धि भएका छन्। क्रिप्टोकरेन्सीहरूको मूल्य र बजार बढ्नुमा संस्थागत लगानी र कम्पनीहरुले बिटक्वाइनमा खरिद बिक्री स्वीकार गर्नुलाई आधार मानिएको छ । एजेन्सीका साथ

easy care

प्रकाशित: १० बैशाख २०७८, शुक्रबार