डिजिटल कारोवारलाई प्रोत्साहन गर्न आउँदो बजेटमार्फत ग्राहकहरुलाई सुबिधा देऊ -बैंकर्स संघ

Technology Khabar १० बैशाख २०७८, शुक्रबार

डिजिटल कारोवारलाई प्रोत्साहन गर्न आउँदो बजेटमार्फत ग्राहकहरुलाई सुबिधा देऊ -बैंकर्स संघ
Classic Tech

नेपाल बैंकर्स एसोसिएसनले डिजिटल कारोबारलाई थप प्रोत्साहन गर्न आगामी बजेटमा विभिन्न छुट तथा सहुलियत दिन अनुरोध गरेको छ ।

बैंकर्स संघले आगामी आर्थिक वर्ष २०७८/७९ को बजेटका लागि सुझाब दिँदै डिजिटल नेपालको नीतिअनुसार डिजिटल कारोबारलाई प्रोत्साहन गर्न ग्राहकहरुलाई विभिन्न सुबिधा दिनुपर्ने बताएको हो ।

बैंकहरुले समयानुकुल रुपमा डिजिटल कारोवारलाई जोड दिँदै आइरहेको र सोही अनुसारको सेवाहरु समेत बढाउँदै गएकोमा पछिल्लो समयमा कोभिडको कारणले गर्दा डिजिटल बैंकिङ्ग कारोवारको प्रयोगमा उल्लेखनीय बृद्धि भएको संघको सुझाबमा उल्लेख छ ।

बैंकर्स संघले भनेको छ, ‘नेपाल सरकार र नेपाल राष्ट्र बैंकले ‘डिजिटल नेपाल’ तर्फ उन्मुख हुने नीति निर्देशन लिदैं आएको छ । यसै सिलसिलामा डिजिटल कारोवारलाई थप प्रोत्साहन गर्नका निमित्त सो प्रयोग गरे वापत ग्राहकहरुलाई विविध किसिमको छुट/सहुलियतहरु दिनु उपयुक्त देखिन्छ ।’

TK Viber

प्रकाशित: १० बैशाख २०७८, शुक्रबार

Loading...