अस्ट्रेलियाका क्रेग राइटको बिटक्वाइन आविस्कार दावीमाथि बेलायती अदालतले छानबिन गर्ने

Technology Khabar १० बैशाख २०७८, शुक्रबार

अस्ट्रेलियाका क्रेग राइटको बिटक्वाइन आविस्कार दावीमाथि बेलायती अदालतले छानबिन गर्ने

काठमाडौं ।

अस्ट्रेलियाका कम्प्युटर वैज्ञानिक क्रेग राइटले बिटक्वाइन आफूले आविस्कार गरेको दावी गर्दै हालेको मुद्दामाथि बेलायतको अदालतले छानबिन गर्ने भएको छ।

उनले यस्तो दावी गरेपछि बेलायतको अदालतलाई यो दावी सही वा गलत के हो भन्ने निर्क्योलमा पुग्नुपर्ने भएको हो।

यसै सन्दर्भमा लण्डनको उच्च अदालतले यसै हप्ता क्रेगका वकिलहरुलाई कोब्रा नाम गरेका बिटक्वाइन डट ओआरजीका सञ्चालक तथा प्रकाशकलाई अदालतमा पेश भएको कागजातका हिसाबले उनीहरुले प्रतिलिपि अधिकार उल्लंघन गरेकोमा खोजी गर्नसक्ने इजाजत दिएको छ।

उक्त मुद्दाको छिनोफानो सन् २००८ मा सातोशी नाकामोटोको छद्म नाममा डिजिटल मुद्राको प्रविधिका बारेमा बिटक्वाइनको श्वेतपत्र लेख्ने व्यक्तिमा निर्भर हुनेछ।

बेलायतमा बस्दै आएका राइटले भने आफूसँग आफ्नो दावी पुष्ट गर्ने प्रमाणहरु रहेको भन्दै बिटक्वाइन डट ओआरजीलाई कोब्राले अनधिकृत रुपमा नियन्त्रणमा लिएको आरोप समेत लगाए। उनले वेबसाइटबाट उक्त श्वेतपत्र हटाउन पनि माग गरे।

बिटक्वाइन डट ‌ओआरजीले भने गएको जनवरीमै राइटका वकिलले श्वेतपत्र हटाउन गरेको माग ‘आधारहीन’ भएको भन्दै नहटाउने प्रस्ट पारेको थियो।

यो मुद्दामा आफूलाई प्रमाणित गर्न र राइटको हातमा फैसला नजाओस् भन्नका लागि कोब्राले आफ्नो सहि पहिचान सार्वजनिक गर्छ या गर्दैन भन्ने यकिन छैन।

राइटका कानुनी समूहले मुद्दाको उद्देश्य श्वेतपत्रमाथिको नियन्त्रण वा अरु कसैको आवाज दबाउनका लागि नभइ आफ्नो बाैद्धिक सम्पत्तिमाथिको अधिकार कायम गर्नका लागि भएको जनाएङ्का छन्।

easy care

प्रकाशित: १० बैशाख २०७८, शुक्रबार