ह्वावेको मेट ४० प्रो र मेट एक्स२ सार्वजनिक

Technology Khabar १० बैशाख २०७८, शुक्रबार

ह्वावेको मेट ४० प्रो र मेट एक्स२ सार्वजनिक
Classic Tech

ह्वावेको मेट ४० प्रो र मेट एक्स२ चीनमा सार्वजनिक भएको छ। कम्पनीले यी सेटहरु छिट्टै बिक्रीका लागि उपलब्ध हुने जनाएको छ।

यी दुई डिभाइसहरु ह्वावेको आधिकारिक वेबसाइटमा पूरा स्पेसिफिकेशनका साथमा राखिएका छन् तर यिनीहरुको मूल्य र उपलब्धताका बारेमा भने वेबसाइटमा खुलाइएको छैन।

झट्ट हेर्दा यी दुई स्मार्टफोनहरु आफ्ना फाइभजी इनेबल गरिएका भर्जनजस्तै देखिन्छन्। तर मूल्य भने फाइभजी इनेबल गरिएका भर्जनभन्दा कम नै हुने आकलन गरिएको छ।

मेट ४० प्रोमा ५एनएम किरिन ९००० चिपसेटका दिइएको छ। साथमा ५० मेगापिक्सेलको मुख्य क्यामरासहित १२ मेगापिक्सेलको ५x पेरिस्कोप टेलि लेन्स तथा पीडीएएफ भएको २० मेगापिक्सेलको अल्ट्रावाइड सेन्सर दिइएको छ।

यसको डिस्प्ले ९० हर्ज रिफ्रेश रेट सहितको ६.६७ इन्चको क्यूएचडी रहेको छ।

यस्तै ह्वावे मेट एक्स२ मा पनि मेट ४० प्रोमा जस्तै ५ एनएम किरिन ९००० चिपसेट र ५०, १२ तथा २० मेगापिक्सेलको ट्रिपल क्यामरा सेटअप रहेको छ। तर यसको डिस्प्ले भने बाहिरपट्टि ६.४५ इन्चको फुल एचडी प्लस तथा भित्रपट्टि ८ इन्चको २२००x२४८० पिक्सेल रेजोल्युशन भएको ओएलईडी रहेको छ।

यी फोरजी भर्जनका फ्ल्यागशिप स्मार्टफोनहरु चीनबाहिर उपलब्ध हुन्छन्/हुँदैनन र हुन्छन् भने कहिलेसम्म उपलब्ध हुन्छन् भन्ने खुलाइएको छैन।

TK Viber

प्रकाशित: १० बैशाख २०७८, शुक्रबार

Loading...