ट्विटरले आफ्ना प्रयोगकर्तालाई एकाउन्ट कन्फर्म गर्न ‘स्पाम मेल’ पठाएपछि…

Technology Khabar १० बैशाख २०७८, शुक्रबार

ट्विटरले आफ्ना प्रयोगकर्तालाई एकाउन्ट कन्फर्म गर्न ‘स्पाम मेल’ पठाएपछि…

काठमाडौं ।

अस्ट्रेलिया थुप्रै ट्विटर प्रयोगकर्ताले उनीहरुलाई आफ्ना एकाउन्ट कन्फर्म गर्न शुक्रबार आएको इमेलको विश्वास गर्ने वा नगर्ने भनेर अन्योलमा परे।

अस्ट्रेलिया थुप्रै ट्विटर प्रयोगकर्ताले उनीहरुलाई आफ्ना एकाउन्ट कन्फर्म गर्न शुक्रबार आएको इमेलको विश्वास गर्ने वा नगर्ने भनेर अन्योलमा परे।

यसका बारेमा ट्विटरलगायत अन्य सामाजिक सञ्जालमा व्यापक चर्चा परिचर्चा चलेपछि प्रयोगकर्ताहरु यो स्पाम मेल भएको निष्कर्षमा पुगे र ट्विटरले पनि यो स्पाम मेल भएको र त्यसको जिम्मेवारी लिँदै क्षमा प्रार्थी रहेको पक्कापक्की गर्यो।

‘हालै तपाईँहरुमध्ये कति जनाले ‘आफ्नो ट्विटर एकाउन्ट कन्फर्म गर्नुहोस्’ भन्ने अनपेक्षित इमेल प्राप्त गर्नुभएको हुन सक्छ। यी मेलहरु झुक्किएर पठाइएका हुन्। यसका लागि हामी क्षमाप्रार्थी छैं’, ट्विटरले आफ्नो सपोर्ट एकाउन्ट मार्फत् भनेको छ, ‘यदि तपाईँले यस्तो ब्यहोराको इमेल प्राप्त गर्नुभएको छ भने तपाईँले एकाउन्ट कन्फर्म गरिरहनु पर्दैन। यो इमेललाई बेवास्ता गर्नुभए हुन्छ।’

स्क्यामवाचको प्रतिवेदन अनुसार अघिल्लो महिना अस्ट्रेलियन कम्पिटिशन एन्ड कन्जुमर कमिशनले अस्ट्रेलियाका व्यवसायले भुक्तानी रिडिरेक्शन वा व्यवसायजन्य इमेल पठाएर गरेको घोटालाका कारण १ करोड ४० लाख डलर बराबरको क्षति ब्यहोर्नुपरेको थियो। यसका कारण २०२१ मा यो घाटा पाँच गुणासम्म बढ्न सक्ने आकलन गरिएको छ।

सन् २०१९ मा सक्यामवाचमा २५ हजार फिशिङका घटनाहरु रिपोर्ट भएकामा ५१३ ओटा मात्र आर्थिक घाटासम्बन्धी थिए जसमा १५ लाख डलरको घोटाला/चोरी भएको बताइएको थियो।

easy care

प्रकाशित: १० बैशाख २०७८, शुक्रबार

ताजा समाचार