एप्पल र सामसङपछि स्मार्ट ट्याग ल्याउँदै ओपो

Technology Khabar १० बैशाख २०७८, शुक्रबार

एप्पल र सामसङपछि स्मार्ट ट्याग ल्याउँदै ओपो
Classic Tech

एप्पल एयरट्याग र सामसङको ग्यालेक्सी स्मार्ट ट्याग नयाँ उत्पादनका रुपमा बजारमा आइरहेका बेला चिनियाँ कम्पनी ओपोले पनि स्मार्ट ट्याग ल्याउने संकेत गरेको छ।

चिनियाँ सामाजिक सञ्जाल वेबोमा डिजिटल च्याट स्टेशनले राखेको विवरण अनुसार अब अमेरिकी एप्पल र दक्षिण कोरियाली सामसङसँग प्रतिस्पर्धाका लागि चिनियाँ कम्पनी अगाडि आउन लागेको हो। डिजिटल च्याट स्टेशनले वेबोमा उक्त डिभाइसको दुई ओटा फोटो पोस्ट गरेका थिए।

उक्त फोटोमा ओपोको स्मार्ट ट्याग गोलो आकारमा रहेको र चार्जिङका लागि यसमा यूएसबी-सी पोर्ट राखिएको देख्न सकिन्छ। यूएसबी-सी पोर्ट यसअघिका अन्य कम्पनीका स्मार्ट ट्र्याकरमा भने देखिएको थिएन।

यसअघिका टाइल, सामसङ र एप्पलका स्मार्ट ट्यागमा सीआर२०३२ ब्याट्री प्रयोग भएका थिए र तिनीहरु मोडलका आधारमा थुप्रै महिनादेखि १ वर्षसम्म टिक्दथे। तर ओपोले भने यसमा रिचार्जेबल ब्याट्री राख्ने निर्णय गरेको जसलाई सकारात्मक रुपमा लिइएको छ।

ओपोको यो स्मार्ट ट्यागमा अल्ट्रा वाइड ब्याण्ड कनेक्टिभिटी रहनेछ जुन ब्लुटूथ कनेक्टिभिटिले भन्दा अझ प्रभावकारी रुपमा ट्र्याक गर्ने गर्दछ।

वेबोको पोस्टमा यसको मूल्य तथा अन्य स्पेसिफिकेशनका बारेमा कुनै जानकारी राखिएको छैन।

TK Viber

प्रकाशित: १० बैशाख २०७८, शुक्रबार

Loading...