एनआईसी एशिया क्यापिटलको डिम्याट खाता नम्बर अनलाइनमार्फत १ घण्टा भित्रै पाईने

Technology Khabar १० बैशाख २०७८, शुक्रबार

एनआईसी एशिया क्यापिटलको डिम्याट खाता नम्बर अनलाइनमार्फत १ घण्टा भित्रै पाईने
Classic Tech

एनआईसी एशिया क्यापिटल लिमिटेडले अनलाईन मार्फत डिम्याट खाता खोल्ने ग्राहकहरुका लागि १ घण्टा भित्र डिम्याट खाता नम्बर उपलब्ध गराउने भएको छ ।

विगत लामो समय देखि “एक नेपाली, एक डिम्याट खाता” अभियान संचालन गरि डिम्याट खाताको पहुच आम जनता माझ पुर्याउन विभिन्न कार्यक्रम सञ्चालन गरिरहेको क्यापिटलले दोस्रो चरणमा एक घण्टाभित्रै डिम्याट खाता खोल्ने सुविधा ल्याएको हो ।

उक्त एक घण्टे सुविधा आइतबारदेखि बिहीबारसम्म दिनको ४ बजे र शुक्रबार दिनको १ बजेसम्म उपलब्ध हुनेछ । यो सुविधा मार्फत उपत्यका बाहिरबाट समेत मार्फत निःशुल्क डिम्याट खाता खोल्न सकिने क्यापिटलले जनाएको छ ।

अनलाइन मार्फत डिम्याट खाता खोल्नको लागि क्यापिटलको वेभसाइट वा सोझै खाता खोल्ने लिङ्कमा क्लिक गरि रितपुर्वक आवश्यक विवरण भरी उक्त विवरण सक्सेसफुल्ली सम्मिसन भएको १ घण्टा भित्र डिम्याट खाता नम्बर उपलब्ध गराईने जनाइएको छ ।

हालको व्यवस्था अनुसार डिम्याट खाता खोल्न स्वयं व्यक्ति उपस्थित हुनुपर्ने भएको हुँदा अनलाईन मार्फत डिम्याट खाता खोल्नुहुनेहरुले खाता सक्सेसफुल्ली सम्मिसन भएको मितिले १५ दिनभित्र क्यापिटल वा आफुलाई पायक पर्ने कुनैपनि नजिकको एनआईसी एशिया बैंकको शाखा कार्यालयमा संक्कल नागरिकता लिई स्वयं उपस्थित हुनुपर्नेछ ।

पछिल्लो समयमा कोरोना माहमारीको दोश्रो लहर फैलिने क्रम देखिएकोले, कोरोना संक्रमणबाट बच्न र समुदायमा फैलिन नदिन तथा उपत्यका बाहिरबाट डिम्याट खाता खोल्न साह्रै गाह्रो भएको भन्ने जनगुनासो बारम्बार सुनिएको हुँदा एनआईसी एशिया क्यापिटल लिमिटेडले उपत्यका बाहिरबाट अर्थात देशको सम्पूर्ण क्षेत्रबाट अनलाइन मार्फत सहजै रुपमा निःशुल्क डिम्याट खाता खोल्न सकिने व्यवस्था मिलाइएको हो ।

क्यापिटलले आगामी असार मसान्तसम्म अनलाइन मार्फत डिम्याट खाता खोल्ने सम्पूर्ण ग्राहकहरुलाई डिम्याट खाता निशुल्क उपलब्ध गराउने व्यवस्था मिलाइएको कम्पनीले जनाएको छ।

TK Viber

प्रकाशित: १० बैशाख २०७८, शुक्रबार

Loading...