सामसङले ग्यालेक्सी वाच ४ मा एटीएल र एसडीआईले बनाएको ब्याट्री प्रयोग गर्ने

Technology Khabar १० बैशाख २०७८, शुक्रबार

सामसङले ग्यालेक्सी वाच ४ मा एटीएल र एसडीआईले बनाएको ब्याट्री प्रयोग गर्ने

काठमाडौं ।

सामसङ इलेक्ट्रोनिक्सले ग्यालेक्सी वाच ४ मा चीनको एम्पेरेक्स टेक्नोलोजी लिमिटेड तथा सामसङ एसडीआईले उत्पादन गरेको ब्याट्री प्रयोगमा ल्याउने भएको छ।

यी दुई ब्याट्री उत्पादकले स्मार्टवाचको पहिलो स्टकका लागि ब्याट्रीको आपूर्ति गर्ने भएका छन्।

सामसङले सन् २०१७ मा ग्यालेक्सी नोट ७मा आगलागी भएपछि एटीएललाई आपूर्ति श्रृङ्खलाबाट हटाएको छ। कम्पनीले सन् २०१९ मा चिनियाँ कम्पनीले बनाएका ब्याट्रीहरु प्रयोग गर्दै आइरहेको छ।

एटीएलले भर्खरै सार्वजनिक भएको ग्यालेक्सी एस२१ तथा विभिन्न एसेसरी र स्मार्टवाच/ब्रान्डका लागि ब्याट्री आपूर्ति गरेको थियो।

एटीएलले ४१ एमएम भर्जनको स्मार्टफोनका लागि साना पोलिमर ब्याट्री उपलब्ध गराउनेछ भने सामसङ एसडीआईले ४५एमएम मोडलका लागि ब्याट्री आपूर्ति गर्नेछ। तीमध्ये ४१ एमएम मोडलमा २४० एमएएच तथा ४५ एमएम मोडलमा  ३५० एमएएचको ब्याट्री रहने बुझिएको छ।

easy care

प्रकाशित: १० बैशाख २०७८, शुक्रबार