७० प्रतिशतसम्म बिजुली खपत कम गर्ने र किटाणुनाशक फिल्टर भएको एलजीको नयाँ एसी बजारमा

Technology Khabar ९ बैशाख २०७८, बिहीबार

७० प्रतिशतसम्म बिजुली खपत कम गर्ने र किटाणुनाशक फिल्टर भएको एलजीको नयाँ एसी बजारमा

काठमाडौं ।

एलजीको आधिकारीक विक्रेता सीजी इम्पेक्स प्रालीले एन्टी भाईरस फिल्टर भएको एलजीको एसी नेपाली बजारमा ल्याएको छ । यस एन्टी भाईरस फिल्टरले भित्री वातावरणको किटाणुहरुलाई नष्ट गर्दछ र ताजा वातावरण बनाउँदछ । एन्टी भाईरस फिल्टरले इन्डिपेन्डेन्ट ल्याब बाट किटाणु नष्ट पार्ने प्रमाणपत्र प्राप्त गर्दछ ।

साथै यस एसीमा फोर इन्न वान कन्भर्टेबल मोड रहेको छ, जसले एसीलाई ४०५, ६०५, ८०५ र १००५ अर्थात मान्छे धेरै हुदाँ पुर्ण सम्भावनामा चलाउने र कम हुदा त्यही हिसाबले चलाउन सकिने उत्कृष्ट विशेषता हरेको हुनाले थोरै विद्युत खपत गरि पैसा पनि बचत गर्दछ ।

यस एसीमा डुवेल इन्भटर कम्प्रेसर रहेको छ । जसले गर्दा रोटरको गतिलाई नियन्त्रण गर्छ र उच्च गतिका साथै कम गतिमा स्थिर भएर काम गर्छ । जसले गर्दा यसको आवाज एकदमै कम आउनुका साथै जसले ७०५ सम्म विजुली खपत पनि गर्दछ ।

यस एलजीको एसीमा रहेको ब्ल्याक फिन टेक्नोलोजि जसले धुलो, आद्र्रता, बालुवा, पानी, खिया लाग्नबाट बचाउँछ । जसले गर्दा एसीको आयु बढाउनुका साथै लामो समय सम्म चल्दछ ।

एलजीको एसीले ४० प्रतिशत चाँडो चिसो वा तातो बनाउँदछ साथै वातावरण मैत्रि आर ३२ ग्याँस रहेको छ र १० वर्षको वारेण्टी पनि रहेको कम्पनीले जनाएको छ।

easy care

प्रकाशित: ९ बैशाख २०७८, बिहीबार