क्यूआर कोडको प्रयोग बढाउन सिटिजन्स बैंकको सन्देशमुलक भिडियो सार्वजनिक

Technology Khabar ९ बैशाख २०७८, बिहीबार

क्यूआर कोडको प्रयोग बढाउन सिटिजन्स बैंकको सन्देशमुलक भिडियो सार्वजनिक
Classic Tech

सिटिजन्स बैंक इन्टरनेश्नल लिमिटेडले क्यूआर कोडको प्रयोगलाई प्रोत्साहन गर्न भिडियो सार्वजनिक गरेको छ ।

बैंकले बिहीबार क्यूआर कोड प्रयोग सम्बन्धि एक सन्देशमुलक भिडियो सार्वजनिक गरेको हो । करिब साढे २ मिनेटको छोटो भिडियोमा क्यूआर कोड प्रयोगबारे सन्देश लिन सकिन्छ ।

भिडियोमा एक जना यादव थरका वयस्क मूख्य पात्रको भूमीकामा देखिन्छन् । भिडियोमा देखाइए अनुसार उनले हालै छोरोको कारण स्मार्ट फोन खरिद गरेका छन् । उनले आफ्नो कार्यालयमा कलमले कपीमा लेख्दै गर्दा उनका सहकर्मीले कम्प्युटरको जमानामा कलमले नलेख्न सुझाव दिन्छन् ।

कार्यालयमै सहकर्मीहरुसँग चिया पिउँदै गर्दा एक जना स्टाफले उनलाई फेसबुकमा साथी बन्न अनुरोध गर्छन् । तर, यादव दैनिक भेटघाट भइरहेको भन्दै उनी उनको कुरा वेवास्ता गर्दै अगाडि बढ्छन् । यसको मतलव उनी प्रविधिको प्रयोग बारे अनविज्ञ देखिन्छन् ।

यादव अफिसबाट घर फर्किँदै गर्दा बाटोमा एक जना युवति दुर्घटनामा पर्छिन् । ती युवतिलाई उनले लागि नजिकैको मेडिकलमा लिएर उनका लागि पानी बेन्डिज खरिद गर्न खोज्दा उनीसँग खल्तिमा नगद रुपैयाँ नभएको भिडियो देखाइएको छ ।

त्यतिखेरै यादवले आफ्नो छोराले घरमा भनेको कुरा सम्झिन्छन् र पानी र बेन्डेज खरिद गर्न उनी खल्तिबाट स्मार्ट फोन समात्दै क्यूआर कोड मार्फत पैसा भुक्तानी गर्छन् ।

यस्ता विभिन्न सन्देशमुलक भिडियो बनाएर होस् वा विभिन्न ठाउँमा सचेतनामुलक कार्याक्रमको आयोजना गरेर बैंकले क्यूआर कोडको प्रयोगलाई प्रोत्साहन तथा प्राथमिकता दिइरहेको जनाएको छ ।

TK Viber

प्रकाशित: ९ बैशाख २०७८, बिहीबार

Loading...