ह्वावेद्धारा ओइएमहरुको लागि इन्टेलिजेन्ट भेहिकल कम्पोनेन्टहरूको पूरा सेट सार्वजनिक

Technology Khabar ९ बैशाख २०७८, बिहीबार

ह्वावेद्धारा ओइएमहरुको लागि इन्टेलिजेन्ट भेहिकल कम्पोनेन्टहरूको पूरा सेट सार्वजनिक

काठमाडौं ।

अटो शंघाई २०२१ मा, ह्वावेले आफ्नो अर्को पुस्ताको इन्टेलिजेन्ट कम्पोनेन्ट र सोलुसनहरू सुरू गरेको छ जसमा फोरडी इमेजिङ रडार, एआर एचयूडी र एमडिसी ८१० को ह्वावे इनसाइड प्रोडक्ट लन्च ‘फोकस्ड इनोभेसन फर इन्टेलिजेन्ट भेहिकल’ मा सुरुवात गरिएको थियो । यी उत्पादनहरू ओईएमलाई उन्नत इन्टेलिजेन्ट भेहिकलहरू निर्माण गर्न र चिनियाँ अटोमोटिभ उद्योगलाई टेक्नोलोजी अपग्रेड गर्न र नयाँ ऊर्जा र अटोनोमस ड्राइभिङको पायोनियर बन्न सहयोग को लागि डिजाइन गरिएको हो ।

ह्वावेले इन्टेलिजेन्ट अटोमोटिभ कम्पोनेन्ट्सलाई यसको दीर्घकालीन रणनीतिक अवसरको रूपमा लिन्दछ । कम्पनीले यस क्षेत्रमा, विशेष गरी अटोनोमस ड्राइभिङ सफ्टवेयरको विकासमा उन्नत अटोनोमस ड्राइभिङ प्रणाली निर्माण गर्न, अझ बढी लगानीहरू गर्न जारी राख्नेछ।

यस वर्ष ह्वावेले इन्टेलिजेन्ट अटोमोटिभ कम्पोनेन्टको अनुसन्धान तथा विकासमा ५,००० भन्दा बढी व्यक्तिकोे टिम बनाउने छ र यसमा १ बिलियन डलरको लगानी हुनेछ । युरोप, जापान र चीनमा रहेको अनुसन्धान तथा विकास केन्द्रहरूको माध्यमबाट हाई–एन्डको प्रतिभालाई हुर्काएर, ह्वावेको उद्देश्य इनोभेसनमा केन्द्रित भई यसको उत्पादन प्रतिस्पर्धालाई अझ सुदृढ पार्नु हो जसले गर्दा ग्राहकहरूलाई उत्तम उत्पादनहरू र अप्टिमल ड्राइभिङ प्रदान गर्नु हो ।

अक्टोबर २०२० मा ह्वावेले एचआई ब्रान्डको सुरुवात गरेको थियो । डिजिटल कार सम्बन्धित नयाँ कम्पोनेन्ट प्रदायकको रूपमा ह्वावेले ओईएमहरुसँग इनोभेटिभ “ह्वावे इनसाइड“ पहल अन्तर्गत प्रिमियम इन्टेलिजेन्ट साधनहरू निर्माण गर्न नजिकबाट काम गरेको छ जसमा इन्टेलिजेन्ट गाडीका लागि एक नयाँ डिजिटल आर्किटेक्चर, पाँच इन्टेलिजेन्ट सोलुसन (इन्टेलिजेन्ट ड्राइभिङ्ग, इन्टेलिजेन्ट ककपिट, एमपावर, इन्टेलिजेन्ट कनेक्टिभिटि र इन्टेलिजेन्ट भेहिकल क्लाउड) र ३० भन्दा बढी इन्टेलिजेन्ट कम्पोनेन्ट्स समावेश छ ।

‘ह्वावे इनसाइड पहल,’ अटोमेकर्सको सवारी साधन निर्माण गर्ने क्षमता संग ह्वावेको प्राविधिक शक्ति एकीकृत गरेर हाई–एन्ड इन्टेलिजेन्ट सवारी साधन निर्माण गर्न डिजाइन गरीएको हो जसले अधिक रमाइलो ड्राइभिङ अनुभव प्रदान गर्दछ,’ ह्वावेका इन्टेलिजेन्ट अटोमोटिभ सोलुसन युनिट ९क्ष्ब्क् द्यग्० का अध्यक्ष विलियम वाङले भने, ‘इन्टेलिजेन्ट सवारी साधनको तीब्र रूपान्तरणको सामना गर्दै ह्वावे इनोभेसन मार्फत अटोनोमस सवारी साधनहरूको भविष्य उज्वल पार्न प्रतिबद्ध छ ।’

इन्टेलिजेन्ट ककपिटद्वारा अपग्रेड गरिएको ड्राइभिङ अनुभव

ह्वावे इन्टेलिजेन्ट ककपिट सोलुसनले स्वयं–विकसित कम्प्युटिङ प्लेटफर्म र हर्मोनि(ओस (ककपिट) लाई अपनाउँछ जसमा एक विस्तृत एप्लिकसन, सफ्टवेयर र हार्डवेयर इकोसिस्टम पर्दछ जसले प्रयोगकर्ताहरूलाई ओएमएस, टियर –१ विक्रेताहरू, र एप्लिकसन साझेदारहरूको साथ खुला सहकार्यकोे माध्यमबाट चाहिएको सेवाहरू र कार्यहरू प्रदान गर्दछ ।

प्रयोगकर्ता अनुभवलाई निरन्तरता दिनको लागि ह्वावेले इन्टेलिजेन्ट ककपिटका लागि अत्याधुनिक प्रविधिहरू विकास गरेको छ । उदाहरणका लागि किरीन हेड युनिट, मोड्युल जसमा एक स्वतन्त्र न्यूरल प्रोसेसिंग यूनिट सुविधा रहेको छ, जसले जटिल उपकरण प्रशोधन गर्दछ; ककपिट भिजन स्मार्ट स्क्रिनले प्रयोगकर्ताहरूलाई सुखदायक ड्राइभिङ अनुभव प्रदान गर्र्दै रंग पुनःस्थापना र सहज टच सक्षम पार्दछ; एआर एचयूडी अधिक कम्प्याक्ट छ, जुन ठूलो दृश्य र एचडी डिस्पले प्रदान गर्न सक्षम छ।

अप्टिकल टेक्नोलोजी र यसको अग्रणी आधुनिक प्रविधिको क्षेत्रमा वषौंको अनुभवमा आधारित रहेर ह्वावेले एक उच्च दक्षता भएको एआर एचयूडी रोल आउट गरेको छ । १० एल एआर एचयूडी ले एक साधारण विन्डशील्डलाई ७०–इन्च एचडी स्क्रिनमा रूपान्तरण गर्न सक्दछ र बुद्धिमानीका साथ प्रयोगकर्ताको आँखाका चाललाई ट्राक गरेर प्रक्षेपण क्षेत्र समायोजित गर्न सक्दछ । यसले १३ डिग्री x ५ डिग्रीको भिउइङ एङ्गल प्रदर्शन गर्न सक्दछ जसले प्रयोगकर्ताहरूलाई विन्डशील्डमा विस्तृत जानकारी हेर्न दिन्छ । यसको शक्तिशाली दृश्य पहिचान र एआई क्षमताहरूले एक इमर्सिभ दृश्य अनुभव र ड्राइभिङ सहायता प्रदान गर्दछ ।

उच्च–रिजोलुसन इमेजिङ रडारले उन्नत अटोनोमस ड्राइभिङ सक्षम पार्ने

ह्वावेको उच्च रिजोलुसन फोरडी इमेजिङ रडारले १२ टि २४आर ठूलो एन्टेना एरे १२ प्रसारण च्यानलहरू र २४ रीसिभ च्यानलहरू) प्रयोग गर्दछ जसले परम्परागत एमएमवेभ रडारको एन्टेना कन्फिगरेसनमा २४–गुणा सुधार गर्दछ र उद्योग इमेजिंग रडारहरू भन्दा ५० प्रतिशत बढी च्यानल प्राप्त गर्दछ, यसले इमेजिंग रडारलाई ठूलो परिमाडमा उत्पादनको लागि सबैभन्दा ठूलो एन्टिना एर्रे उपलब्ध गराउँदछ।

फोरडी इमेजिङ रडारले एक अद्वितीय नन्–लाईन–अफ–साईट सेन्सिङ शक्ति प्रदान गर्दछ जुन परम्परागत एमएमवेभ रडारको उत्कृष्ट दूरी र भेलोसिटी मापन क्षमताहरू कायम गर्दै लुकेका वस्तुहरूको पहिचान गर्न मद्दत गर्दछ । यसले वातावरणीय प्रकाश र खराब मौसमको पर्वाह नगरी कार्य गर्न सक्दछ । साथै ह्वावेको फोरडी इमेजिङ रडारसँग उच्च रिजोलुसन छ र यसले ठूलो डिटेक्सन दायराको साथ वस्तुहरू आत्मविश्वासपूर्वक पत्ता लगाउन सक्षम छ । यसले लिडारको बराबरीमा पोइन्ट क्लाउड डेन्सिटी उत्पादन गर्न सक्दछ, र प्रचुर रडार एप्लिकसनहरू सक्षम पार्दछ जस्तै वातावरण पुनर्निर्माण, म्यापिङ र स्थानीयकरण । रडारहरूको पोइन्ट क्लाउड रूपान्तरण गरेर सवारी साधनहरूले ३६० डिग्री वरपरको दृश्यको आनन्द लिन सक्दछ । यसैले सबै खाले मौसमी अवस्थामा विभिन्न परिदृश्यहरूमा सबै वस्तुहरूको पूर्ण–कभरेज सेन्सिङ लागू गर्दछ ।
यो कुरा ढुक्कले भन्न सकिन्छ कि फोरडी इमेजिङ रडार सवारीका लागि अर्को मानक सेन्सर हुनेछ जसले हाई–एन्ड लिडार र एचडी क्यामेराको साथ उच्च अटोनोमस ड्राइभिङ सक्षम पार्दछ।

ह्वावे एमडिसी ८१०-अतुलनीय कम्प्यूटिंग शक्ति भएको एक प्लेटफर्म

वर्तमानमा, इन्टेलिजेन्ट ड्राइभिङ उद्योगले ठूलो उत्पादनको दिशातिर गति बढाइरहेको छ । ह्वावे एक खुला र स्टान्डर्ड एमडिसी निर्माण गर्न समर्पित छ । हार्डवेयर, सफ्टवेयर र सेक्यूरिटी ईन्जिनियरिङको ठोस अनुभव र उपलब्धिहरूको आधारमा ह्वावेले इन्टेलिजेन्ट ड्राइभिङको लागि सब भन्दा शक्तिशाली कम्प्युटिङ प्लेटफर्म निर्माण गरेको छ-एमडिसी-इन्टेलिजेन्ट सवारीको विशाल उत्पादनलाई गति प्रदान गर्दछ ।

एमडिसी ८१० अटो शंघाई २०२१ को बखत सुरू गरिएको एक बिशाल उत्पादन भएको इन्टेलिजेन्ट ड्राइभिङ कम्प्युटिङ प्लेटफर्म हो जसमा उद्योगको उच्च कम्प्युटिङ पावर छ । यसले एएसआईएल डी सुरक्षा आवश्यकताहरूको पालनामा ४०० टिओपिएस सम्मको कम्प्युटिङ पावर प्रदान गर्दछ ।

एमडिसी कोर (इन्टेलिजेन्ट ड्राइभिङ अपरेटिंग सिस्टम एओएस र भिओएस सहित) र एक पूर्ण टूलचेनबाट सुसज्जित, एमडिसी ८१० ले ट्राफिक जाम पायलट, राजमार्ग पायलट र अटो भ्यालेट पार्किङ जस्ता उच्च–स्तरको अटोनोमस ड्राइभिङ कार्यहरू सक्षम गर्न सक्दछ । एआरसीएफओएक्स अल्फा एस सेडान एमडिसी ८१० फिचर गर्ने पहिलो वाहन हुनेछ र निकट भविष्यमा एमडिसी सिरिजद्वारा अधिक सवारी मोडेलहरू संचालित हुनेछन् ।

ह्वावे एमडिसी एक खुला, स्ट्यान्डराइज्ड प्लेटफर्म हो जुन इन्टेलिजेन्ट ड्राइभिङ उद्योगको बृद्धि गर्नका लागि लक्षित छ । सेन्सर, याक्चुएटर र एप्लिकसन एल्गोरिदम विक्रेताहरु संग एमडिसीमा आधारित यस्तो प्रविधि इकोसिस्टम निर्माण गर्न ह्वावे नजिकबाट काम गरिरहेको छ । खुला कम्प्युटिङ प्लेटफर्मको माध्यमबाट ह्वावे इन्टेलिजेन्ट ड्राइभिङ इकोसिस्टमको निर्माणको गतिलाई तीव्र बनाउनको लागि इको–पार्टनरको प्रयासलाई एकजुट गर्छ, जस बाट इन्टेलिजेन्ट साधनको ठूलो उत्पादन चरणमा प्रवेश गर्दछ ।

ह्वावे अक्टोपस, एक खुला अटोनोमस ड्राइभिङ प्लेटफर्म

ह्वावे अक्टोपसले इन्टेलिजेन्ट ड्राइभिङको लागि डाटा–ड्रिभन, क्लोज–लूप प्लेटफर्म निर्माण गर्न विशाल डाटा, एचडी नक्शा र उन्नत एल्गोरिदम प्रयोग गर्दछ । यसको भेहिकल–क्लाउड सिनर्जी, उद्योग–अग्रणी एनोटेसन क्षमता, अपग्रेड गरिएको भर्चुअल सिमुलेसन र वान–स्टप सेक्यूर, क्लाउड सेवाहरूमा निर्भर गर्दै ओइएमहरुलाई स्क्र्याच, कम विकास आवश्यकताहरू र विकासको दक्षता सुधार गर्न अटोनोमस ड्राइभिङ विकास क्षमताहरू निर्माण गर्न ह्वावे अक्टोपसको डिजाइन गरिएको हो ।

क्लाउड अटोनोमस ड्राइभिङ विकास र यसको व्यावसायीकरण बीचको एक मात्र पुल हो । कभरेज, सुरक्षा र स्केलेबिलिटी मुद्दाहरू समाधान गर्न मद्दत गर्नको लागि सबै क्षेत्रहरूमा सवारी साधनहरू स्थानीय क्लाउडमा जडान हुनु पर्दछ जुन अटोनोमस ड्राइभिङ व्यावसायिकरणको साथ आउँदछ । क्लाउडमा डाटा सार्दै विकासकर्ताहरूले उपकरण कोठा विस्तारको बारेमा चिन्ता लिनु पर्दैन, डाटाको ठूलो मात्रा समायोजित गर्न, तिनीहरूलाई कोर एल्गोरिदम विकासमा बढी केन्द्रित गर्न अनुमति दिँदछ ।
एचडी नक्शा अटोनोमस ड्राइभिङको लागि पनि महत्वपूर्ण तत्व हो । यसको तयारीमा, ह्वावेले आधिकारिक रूपमा आफ्नोे अन्तिम एचडी नक्शा क्लाउड सेवा क्षमता र रोडम्याप उद्घाटन बेला घोषणा गरिएको थियो । हाल, ह्वावेले इलेक्ट्रोनिक नेभिगेसन नक्शा उत्पादन गर्न ग्रेड–ए सर्वेक्षण र म्यापिङ योग्यता प्राप्त गरेको छ र विस्तृत एचडी नक्शा डाटा संग्रह र म्यापिङ क्षमताहरू विकास गरेको छ ।

ह्वावे टिएमएसस् एक इन्टेलिजेन्ट, एकीकृत थर्मल व्यवस्थापन प्रणाली निर्माण गर्दै

सरलीकृत आर्किटेक्चर अपनाएर र कम्पोनेन्टहरू साथसाथै कन्ट्रोल फङ्सन को प्रयोग गरेर ह्वावे टिएमएसले –१० डिग्री सेल्सियस देखि –१८ डिग्री सेल्सियससम्म सम्झौता नगरी तातो पम्पहरूको अपरेटिङ तापमान सुधार गर्दछ । जसको नतिजाको रूपमा, नयाँ ऊर्जा सवारीको दायरा २० प्रतिशतले वृद्धि भएको छ । थप रूपमा, ह्वावे टिएमएस निजीकृत एप्लिकसनहरू प्रदान गर्दछ, ओइएमहरुलाई अप्टिमम ऊर्जा दक्षता र उच्च अनुभवको साथ थर्मल प्रणाली निर्माण गर्न मद्दत गर्दछ।

अटोमोबाइल उद्योग इलेक्ट्रिक पावरमा सर्दै जाने क्रममा थर्मल प्रबन्धन प्रणालीको महत्व बढ्दै गएको छ । हाल, प्राय एनईभीहरु असक्षम पिटिसी हीटिंग सोलुसन प्रयोग गर्दछ, जसले तापमानको दायरालाई ३०% देखि ४०% सम्म घटाउँदछ । नतिजाको रूपमा, उच्च ऊर्जा दक्षता (पिटिसी भन्दा दुई गुणा) भएको तातो पम्प प्रणाली थर्मल व्यवस्थापनको भविष्य हुनेछ । तातो पम्पले २०२० र २०२५ को बीचमा ३ गुणाले छिटो प्रवेश दर हुन सक्ने अनुमान गरिएको छ।

यद्यपि, परम्परागत तातो पम्प सलुसनले धेरै चुनौतीहरूको सामना गर्दछ, अर्थात्, अत्याधिक पाइपहरू र पुर्जाहरू खराब वातावरणीय अनुकूलनता (१० डिग्री सेल्सियस तल काम नगर्न) र इन्टेलिजेन्सको अभाव (म्यानुअल क्यालिब्रेसन), गर्मी पम्प प्रणालीको दक्षता र अनुप्रयोगमा नराम्रो असर गर्दछ । चार बर्षको अनुसन्धान र विकास पछि, ह्वावे सबारी साधनको लागि सबैभन्दा एकीकृत, इन्टेलिजेन्ट थर्मल व्यवस्थापन सोलुसन रोल आउट गरेको छ । एकीकृत डिजाइनको साथसाथै केन्द्रीकृत कम्पोनेन्टहरू र नियन्त्रण कार्यहरू मार्फत, ह्वावे टिएमएसले ऊर्जा क्षमतामा १००% सुधार, क्यालिब्रेसन दक्षतामा ६०% सुधार र सुधारिएको प्रयोगकर्ता अनुभव प्राप्त गरेको छ ।

अटो शंघाई २०१९ मा ह्वावेले आधिकारिक रूपमा इन्टेलिजेन्ट साधनहरूको अटोमोटिभ कम्पोनेन्ट्स बजारमा प्रवेश गरेको घोषणा गरेको छ । र विगत दुई बर्षमा ह्वावेले प्रमुख वैश्विक साधन निर्माताहरु संग व्यापक सहकार्य स्थापित गरेको छ । यस वर्ष ह्वावेका इन्टेलिजेन्ट कम्पोनेन्टको प्रयोग गरी धेरै फ्लैगशिप मोडेलको प्रक्षेपण देखिने छ जसले ह्वावेका इन्टेलिजेन्ट अटोमोटिभ सोलुसनको व्यावसायीकरण गर्दछ।

Global Bank
easy care

प्रकाशित: ९ बैशाख २०७८, बिहीबार

ताजा समाचार