गुगल पिक्सेल ५ए फाइभजी स्न्यापड्रागन ७६५जी सहित आउने

Technology Khabar ९ बैशाख २०७८, बिहीबार

गुगल पिक्सेल ५ए फाइभजी स्न्यापड्रागन ७६५जी सहित आउने
Classic Tech

गुगलले पिक्सेल ५ए आगामी जुन ११ मा सार्वजनिक हुने हल्ला चलेको छ।

हालसम्म बाहिरिएका विवरणहरुले यसको डिजाइन पिक्सेल ४ए फाइभजीभन्दा खासै फरक हुने छैन। यसको साइज पिक्सेल ४ए भन्दा केही सानो हुनेछ।

पिक्सेल ५ए फाइभजीमा यसअघिका पिक्सेल ४ए फाइभजी तथा पिक्सेल ५ मा जस्तै स्न्यापड्रागन ७६५जी चिपसेट रहनेछ। स्न्यापड्रागन ७८०जी आधिकारिक रुपमा सार्वजनिक भइसकेको र शाऔमी एमआई ११ लाइट फाइभजीमा प्रयोग गरेर बिक्री पनि हुन थालिसकेकोले ७६५जी चिप यतिखेर केही पुरानो भने पक्कै देखिएको छ।

पिक्सेल ५ए फाइभजीमा स्न्यनपड्रागन ७६५जी चिपसेट रहने कुराको यकिन भने एन्ड्रोइड १२ डेभलपर प्रिभ्यू ३ मा भेटिएको कोडका आधारमा हो। उक्त प्रिभ्यूमा पिक्सेल ५ए फाइभजीको कोडनेम तथा स्न्यनपड्रागन ७६५जीको पनि मोडल नम्बर देखिएको थियो।

गुगलले पिक्सेल ५ए र पिक्सेल ५ए फाइभजीलाई सँगै सार्वजनिक गर्छ वा गर्दैन भन्ने चाहिँ यकिन भइसकेको छैन।

TK Viber

प्रकाशित: ९ बैशाख २०७८, बिहीबार

Loading...