लिड एसिड ब्याट्री रिसाइकल प्रक्रिया विश्वकै सबैभन्दा प्रदूषणयुक्त: अध्ययन

Technology Khabar ९ बैशाख २०७८, बिहीबार

लिड एसिड ब्याट्री रिसाइकल प्रक्रिया विश्वकै सबैभन्दा प्रदूषणयुक्त: अध्ययन
Classic Tech

प्योर अर्थ एन्ड ग्रीन क्रस स्विजरल्यान्डले लिड ब्याट्री रिसाइक्लिङ विश्वमा सबैभन्दा बढी प्रदूषण फैलाउने उद्योग भएको जनाएको छ।

विश्वको लिड एसिड ब्याट्री उद्योगले वार्षिक ६५ अर्ब डलरको कारोबार गर्दै आइरहेको छ। यस्ता उद्योगमा धेरै जसो प्रयोग गरिसकिएका ब्याट्रीहरुलाई रिसाइकल गर्ने काम हुन्छ। यो प्रक्रिया विश्वकै सबैभन्दा बढी वातावरण प्रदूषण हुने प्रकिया हो।

वुड म्याकेन्जीका मुख्य विश्लेषक फरीद अहमदले प्रयोग गरिसकिएका ब्याट्रीबाट लिड मेटल रिसाइकलका बेला निस्कने स्मेल्टरको मूल्य २०२१ मा साढे १७ अर्ब डलर बराबर रहने बताएका छन्।

लिड एसिड ब्याट्रीमा प्रयोग हुने मुख्य पदार्थ लिड हो। लण्डन मेटर एक्सचेन्जमा अहिले मेटल प्रति टन २ हजार डलरसम्ममा बिक्री भइरहेको छ।

यूनिसेफ तथा प्योर अर्थको रिपोर्ट अनुसार लिड एउटा शक्तिशाली न्यूरोटक्सिन हो। यसले विशेषगरी बच्चाहरुलाई असर गर्छ।

विश्व स्वास्थ्य संगठन र अमेरिकाको सेन्टर फर डिजिज कन्ट्रोल एन्ड प्रिभेन्शन (CDC) ले ५ माइक्रोग्रामभन्दा बढी लिड प्रति डेसिलिटर भएको रगतको लिड लेभल खतरनाक मानिने बताएको छ।

यूनिसेफ र प्योर अर्थको रिपोर्टले विश्वभरीमा लगभग ८० करोड बालबालिकाहरुमा धातुको लेभल निकै खतराजनक रहेको बताएका छन्। रिपोर्टमा विश्वमा लिड-एसिड ब्याट्री रिसाइक्लिङको आधा भाग मुख्य उद्योगमा नभइ अनाैपचारिक क्षेत्रमै गरिने पाइएको छ।

 विश्व आर्थिक मञ्चको साझेदारीमा ग्लोबल ब्याट्री एलायन्सद्वारा निकालिएको श्वेतपत्रमा  विश्वभरमा अनौपचारिक ब्याट्री रिसाइक्लिङ साइट १० देखि ३० हजारको हाराहारीमा हुनसक्ने  अनुमान गरिएको छ।

इन्टरनेशनल लिड एसोसिएशन रेगुलेटरी अफेयर्सका निर्देशक डा स्टिभ बिंक्सले अफ्रिका, भारत, बंगलादेश तथा इन्डोनेशिया अनौपचारिक रिसाइक्लिङबाट आक्रान्त क्षेत्रमा पर्ने तर सबै यस्ता रिसाइक्लिङ खराब वा अनोपचारि भने नभएको बताएका छन्।

वुड म्याकेन्जीको तथ्याङ्क अनुसार गत वर्ष प्राथमिक या उत्खनन गरिएको स्रोत तथा  माध्यमिक स्रोतबाट लगभग १ करोड २४ लाख टन प्रशोधित लिड उत्पादन गरिएको थियो।

रिसाइक्लिङको माध्यमबाट लगभग दुई-तिहाई परिष्कृत उत्पादन गरिन्छ।

इन्टरनेशनल लिड एसोसिएशनले अनुमान गरेको आँकडा अनुसार कारमा लगभग ६० प्रतिशत लिड-एसिड ब्याट्री प्रयोग हुन्छ। लिड-एसिड ब्याट्रीको उपयोग फोर्कलिफ्ट तथा क्रेनजस्ता औद्योगिक मेशीन, डाटा सेन्टर तथा विद्युतीय मोटरसाइकलमा पनि गरिन्छ।

यूरोप र अमेरिकापछि सबैभन्दा बढी ब्याट्रीको खपत चीनमा हुने तथ्याङ्क छ।

TK Viber

प्रकाशित: ९ बैशाख २०७८, बिहीबार

Loading...