ओपो के९ को विवरण लीक, ६५ वाट फास्ट चार्जिङ र ६४ एमपी क्यामेरा रहने

Technology Khabar ९ बैशाख २०७८, बिहीबार

ओपो के९ को विवरण लीक, ६५ वाट फास्ट चार्जिङ र ६४ एमपी क्यामेरा रहने

काठमाडौं ।

चीनको सामाजिक सञ्जाल वेबोमा हालै ओपोको नयाँ स्मार्टफोनको पोस्टर लीक भएको छ। उक्त टिजरबाट ओपोको के सिरिजमा सबैभन्दा नयाँ स्मार्टफोनका रुपमा के९ भित्रिने आकलन गरिएको छ।

विवरण अनुसार कम्पनीले यसमा ६४ मेगापिक्सेलको ट्रिपल क्यामरा सेटअप तथा ६५ वाटको फ्ल्याश चार्ज सपोर्ट दिइएको छ। के९ के सिरिजको सबैभन्दा उत्कृष्ट स्मार्टफोन हुने कम्पनीको दावी छ।

यसको पछाडिपट्टि ‘०९-के सुपर पर्फर्मेन्स’ लेखिएको छ। यसमा कुन चिपसेट प्रयोग भएको छ भन्ने चाहिँ उल्लेख छैन। तर माइफिक्सगाइडले सब-फ्ल्यागशिप चिप स्न्यापड्रागन ८७० वा मिडियाटेक डिमेन्सिटी ११०० रहनसक्ने आकलन गरेको छ।

वेबोको पोस्टमा उक्त फोन ५ मिनेट चार्ज गरेर २ घण्टा चलाउन सकिने बताइएको छ। यसका लागि डार्क थिम इनेबल गर्नुपर्ने बताइएको छ।

यसअघि ओपोले ओपो एन्को बड्स नाम गरेको अपडेटेड ट्रू वायरलेस स्टेरियो टीडब्लूएस इयरबड सार्वजनिक गर्ने हल्ला चलेको थियो। तर अब भने ओपोले एन्को बड्स तथा के९ एकै पटक सार्वजनिक गर्न सक्ने आकलन गरिएको छ।

ओपोले के९ स्मार्टफोन सार्वजनिक गर्ने मिति भने आगामी मे ६ तारिखमा स्थानीय ३ बजेको समयमा चीनमा गर्ने भनेर तोकिसकेको छ।

easy care

प्रकाशित: ९ बैशाख २०७८, बिहीबार