चीनमा टेस्लाको विरोध गर्ने एक महिला प्रहरीद्वारा पक्राउ

Technology Khabar ९ बैशाख २०७८, बिहीबार

चीनमा टेस्लाको विरोध गर्ने एक महिला प्रहरीद्वारा पक्राउ

काठमाडौं ।

चीनमा टेस्लाको बुथअगाडि उसकै विरोध गर्ने एक महिलालाई हालै प्रहरीले पक्राउ गरेको छ।

शांघाइमा चलिरहेको अटो शांघाइ २०२१ व्यापार मेलाका बीच उक्त महिलाले टेस्लाविरुद्ध प्रदर्शन गरेकी हुन्।

उक्त महिलाले टेस्लाको मोडल ३ कारमा उफ्रेर यसको ब्रेकमा समस्या रहेको भन्दै हजारोले आलोचना गरेकाले यसको सुरक्षामा कमजोरी रहेको भन्दै प्रदर्शन गरेकी थिइन्। त्यसलगत्तै प्रहरीले उनलाई पक्राउ गरेको हो।

रोयटर्सले जनाए अनुसार झाङ थरकी ती महिलालाई प्रहरीले सार्वजनिक अमनचयनमा खलल पुर्याएको कसुरमा शो भइरहेको तलाबाट नियन्त्रणमा लिएको हो।

उनले आफू टेस्लाको गाडी दुर्घटनामा परेको र यसको ब्रेक सही नभएको भन्दै पहिले पनि विरोध गरेकी थिइन्। उनलाई गिरफ्तार गरेर ५ दिन हिरासतमा राखिने बुझिएको छ।

Global Bank
easy care

प्रकाशित: ९ बैशाख २०७८, बिहीबार

ताजा समाचार