नेटफ्लिक्सका ग्राहकहरु घटेसँगै कम्पनीको सेयरमा प्रभाव

Technology Khabar ८ बैशाख २०७८, बुधबार

नेटफ्लिक्सका ग्राहकहरु घटेसँगै कम्पनीको सेयरमा प्रभाव
Classic Tech

भिडियो स्ट्रिमिङ्ग कम्पनी नेटफ्लिक्सले ग्राहकको वृद्धिमा गिरावट आएको छ र यसका सेयरलाई नै असर पारेको छ।

करिब ३ करोड ९० लाख मानिसहरूले जनवरी र मार्च बीच नेटफ्लिक्सको लागि साइन अप गरेका छन् र यो अनुमान गरिएको सदस्यता संख्या ६ करोड भन्दा कम हो।

कम्पनीले नयाँ शो को अभावले ग्राहकको कमी गर्न योगदान पुर्‍याएको बताएको छ । कम्पनीले हिट शोको सिक्वेल जारी भएपछि यो पुनः प्राप्त हुने अपेक्षा गरेको छ।

नेटफ्लिक्सको सेयर ११ प्रतिशतले घटेको थियो । यसले कम्पनीको बजार पूँजीकरणमा २५ अर्ब डलर गुमाएको छ ।

कोविड १९ ले संसारभरका मानिसहरूलाई घरमै बस्न बाध्य तुल्याएसँगै स्ट्रिमिङ्ग सेवाले गत वर्ष १ करोड ५८ लाख नयाँ सदस्यता थपेको थियो ।

धेरै जसो वृद्धि एशियामा भएको छ, जहाँ नेटफ्लिक्सले सन् २०२० मा ९३ लाख नयाँ ग्राहकहरू थपेको थियो, जुन अघिल्लो वर्षको तुलनामा ६५ प्रतिशतको वृद्धि हो । एजेन्सीका साथ

TK Viber

प्रकाशित: ८ बैशाख २०७८, बुधबार

Loading...