यस्तो छ सौर्य उर्जाद्वारा चार्ज हुने टोयोटाको नयाँ इलेक्ट्रिक एसयूभी

Technology Khabar ८ बैशाख २०७८, बुधबार

यस्तो छ सौर्य उर्जाद्वारा चार्ज हुने टोयोटाको नयाँ इलेक्ट्रिक एसयूभी
Classic Tech

चीनको शंघाईमा अटो शो चलिरहेको छ, जहाँ कार निर्माताहरूले आफ्नो आधुनिक कार विश्व बजारमा प्रस्तुत गर्दैछन्। यस पटक मुख्य ध्यान विद्युतीय सवारीहरूमा केन्द्रित छ र यसमध्येको एक नवीनतम कार जापानी कार निर्माता टोयोटा मोटर कर्पोरेशनको हो।

कम्पनीले आफ्नो पहिलो इलेक्ट्रिक एसयूभी ल्याएको छ। कम्पनीले यस कारलाई अटो उद्योगको भविष्यको रूपमा वर्णन गरेको छ।

टोयोटा विजेड४एक्स (Toyota bZ4X) इलेक्ट्रिक कारको सबैभन्दा ठूलो फिचर यसको सोलर पावर चार्जिंग हो। यो कार इनबिल्ट सोलर पावर सिस्टमको साथ आउँदछ, जसको कारणले गर्दा यो सूर्यको किरणमार्फत चार्ज हुनेछ।

टोयोटाले आफ्नो पहिलो इलेक्ट्रिक एसयूभी बीजेड४एक्सको बारेमा एक ट्वीट मार्फत जानकारी साझा गरेको हो। टोयोटाको इलेक्ट्रिक एसयूभी ई-टीएनजीए (e-TNGA) प्लेटफर्ममा निर्मित छ, जुन विशेष इलेक्ट्रिक सवारी साधनहरूको लागि मात्र डिजाइन गरिएको हो। यस प्लेटफर्मको सहयोगमा कम्पनीले एउटै प्लेटफर्ममा विभिन्न आकारका सवारीहरू बनाउन सक्नेछ।

टोयोटा बीजेड४एक्स कम्प्याक्ट इलेक्ट्रिक एसयूभी हो, जसको सबैभन्दा ठूलो विशेषता भनेको यसमा जडान गरिएको सौर्य चार्जिंग सिस्टम हो।

कारको डिजाईन कम्पनीको हालको एसयूभी र्याभ फोरसँग मिल्दोजुल्दो छ । कारमा सामान्य स्टीयरिङ्ग व्हील हुनेछैन र यसको सट्टामा टोयोटाले फरक शैली प्रयोग गरेको छ, जसले यसलाई आधुनिक लुक पनि दिन्छ।

यसको विशिष्टताको बारेमा जानकारीहरु सार्वजनिक गरिएको छैन।

टोयोटाले सन् २०२५ सम्ममा कम्पनीले १५ ओटा इलेक्ट्रिक कारहरू पेश गर्ने योजना बनाएको छ जसमा ‘बिजेड’ शृंखलाका मोडेल सामेल हुनेछन्। एजेन्सीका साथ

TK Viber

प्रकाशित: ८ बैशाख २०७८, बुधबार

Loading...