टेलिकमको पोल प्रयोगको भाडा नतिरे जेठ १ गतेबाट तारहरु हटाईदिने चेतावनी

Technology Khabar ८ बैशाख २०७८, बुधबार

टेलिकमको पोल प्रयोगको भाडा नतिरे जेठ १ गतेबाट तारहरु हटाईदिने चेतावनी

काठमाडौं ।

नेपाल टेलिकमले आफ्ना पोलहरु प्रयोग गर्ने प्रदेश नम्बर १ का इन्टरनेट सेवा प्रदायकहरु तथा केबल टिभी सेवा प्रदायकहरुलाई भाडा रकम तिर्न भनेको छ।

टेलिकमको प्रदेश नम्बर १ प्रादेशिक निर्देशनालयले हालै सार्वजनिक सूचना नै जारी गरेर पोलको भाडा रकम तिर्न भनेको हो ।

विराटनगरस्थित निर्देशनालयकाअनुसार आर्थिक वर्ष २०७७।७८ सालको पोलको भाडा बापतको रकम यहि वैशाख मसान्त भित्र नजिकका कार्यालयहरुमा सम्पर्क गरेर तिर्न सूचना दिएको हो ।

यदि कम्पनीको पोल बापतको भाडा रकम नतिरेको खण्डमा नेपाल टेलिकमले आफ्ना पोलहरुमारहेका केबल टिभी तथा इन्टरनेट सेवा प्रदायकहरुको तारहरु जेठ १ गतेदेखि हटाई दिने चेतावनी समेत दिएको छ।

easy care

प्रकाशित: ८ बैशाख २०७८, बुधबार