रेडिटमा अब क्लबहाउस जस्तै फिचर रेडिट टक आउने

Technology Khabar ८ बैशाख २०७८, बुधबार

रेडिटमा अब क्लबहाउस जस्तै फिचर रेडिट टक आउने

काठमाडौं ।

‘रेडिट टक’ भर्खरको अडियो मात्र च्याटिङ्ग गर्ने प्रडक्ट हो जसले अहिलेका क्लबहाउस र ट्विटर स्पेसेजसँग बजारमा प्रतिस्पर्धा गर्नेछ।

नयाँ सुविधामा विभिन्न समुदायहरुको लागी उपलब्ध हुनेछ। अहिलेको लागि, यो प्रारम्भिक चरणमा भने एक्सेस योजना मार्फत रेडिट समुदायहरूको मोडरेटरहरूको लागि मात्र उपलब्ध छ। रेडिटले नयाँ फिचरको लन्चिङ्गको बारेमा कुनै अन्य विवरण दिएको छैन तर ट्विटरमा यसको बारेमा सानो टिजर साझा गरेको छ। प्रयोगकर्ताहरूले यो सुविधा चाँडै कम्पनीले सार्वजनिकरुपमा ल्याउने आशा गर्न सक्दछन्।

रेडिट टक फिचरलाई रेडिटको वेबसाइटमा पोष्ट गरिएको थियो र रेडिट आफैले पोष्ट गरेको ट्वीटको माध्यमबाट पनि जानकारी दिएको छ।

नयाँ सुविधाले रेडिट समुदायमा मोडरेटरहरूलाई समुदायका सदस्यहरूसँग भ्वाइस कल मात्र गर्न अनुमति दिन्छ। अडियन्सहरूले उनीहरूको एन्ड्रोइड वा आईओएस डिभाइसहरू प्रयोग गरेर कुराकानी सुन्न सक्दछन्।

कलमा प्रश्न र उत्तर, आस्क मि एनिथिङ्ग, लेक्चर, स्पोर्ट्स रेडियो शैलीका छलफल, र कम्युनिटी फिडब्याक सेसनहरू समावेश हुन सक्नेछ। मोडरेटरहरूले फारम भरेर प्रतीक्षासूचीमा सामेल हुन सक्छन्।

प्रारम्भमा, केवल मोडरेटरहरूलाई मात्र यी यसमा कलहरु संचालन गर्न र बोल्न अनुमति दिइन्छ, तर कम्युनिटीको एक विश्वसनीय सदस्यलाई कल कोहोस्ट गर्न जोड्न सकिनेछ। होस्टहरूले कलको बखत आमन्त्रित गर्ने, आवाज मौन पार्ने र स्पिकरहरूलाई हटाउने शक्ति राख्छन्। साथै, होस्टहरूले अडियन्सहरूलाई हटाउन सक्ने र तिनीहरूलाई फेरि सामेल हुनबाट रोक्न सक्छन्।

रेडिटले प्रयोगकर्ताहरूलाई इमोजिहरुको साथ प्रतिक्रिया दिन र फिडब्याकलाई कस्टमाइज गर्न अनुमति दिनेछ । एजेन्सीका साथ

easy care

प्रकाशित: ८ बैशाख २०७८, बुधबार

ताजा समाचार