अफिस सेयरिङ्ग स्टार्टअप वीवर्कले पनि क्रिप्टोकरेन्सीमा भुक्तान स्वीकार गर्ने

Technology Khabar ८ बैशाख २०७८, बुधबार

अफिस सेयरिङ्ग स्टार्टअप वीवर्कले पनि क्रिप्टोकरेन्सीमा भुक्तान स्वीकार गर्ने
Classic Tech

लोकप्रिय अफिस सेयरिङ्ग स्टार्टअप वीवर्कले मंगलबारदेखि क्रिप्टोकरन्सीमा भुक्तान स्वीकार गर्ने तथा क्वाइनबेस र पेमेन्ट एप बिटपेसँग साझेदार गर्दै क्रिप्टोकरेन्सीमा लेनदेनका लागि स्वीकार गर्न थाल्ने बताएको छ।

उनीहरूको व्यवसायमा क्रिप्टोकरेन्सीहरू समावेश गर्ने योजनाहरूको घोषणा गर्ने वीवर्क लोकप्रिय कम्पनीहरूको सूचीमा सबैभन्दा नयाँ हो ।

भिसाले पछिल्लो महिना यसले क्रिप्टोकरेन्सी प्रयोग गरेर भुक्तानी सम्झौता अनुमति दिने बताएको थियो।

भुक्तानी र क्रिप्टो प्लेटफर्म क्रिप्टो डट कम को साथमा कम्पनीले यसको लागि एक पायलट प्रोग्राम चलाउन शुरु गरेको बताएको छ र यस वर्षको अन्त्यमा थप साझेदारलाई विकल्प प्रस्ताव गर्ने योजनामा छ।

यसअघि पेपालले पनि आफ्ना भुक्तान सेवाहरुमा क्रिप्टोकरेन्सी जोडेको थियो भने  टेस्लाका मालिक एलन मस्कले पनि बिटक्वाइनमा लगानी गर्ने र टेस्ला बिटक्वाइनमार्फत किन्न सकिने घोषणा गरेका थिए । एजेन्सीका साथ

TK Viber

प्रकाशित: ८ बैशाख २०७८, बुधबार

Loading...