अमेरिकामा अब सामसङका फोनमा पनि ई-सिमकार्ड चल्ने

Technology Khabar ८ बैशाख २०७८, बुधबार

अमेरिकामा अब सामसङका फोनमा पनि ई-सिमकार्ड चल्ने

काठमाडौं ।

हालसम्म एप्पलको आईफोन सिरिज तथा गुगल पिक्सेल स्मार्टफोनले मात्र अमेरिकामा ई-सिमकार्ड सपोर्ट गर्छन्।

हार्डवयरका हिसाबले सामसङका फोनहरुले यो सिस्टम सपोर्ट गर्ने भए पनि यो प्रयोगमा आउन सकेको छैन।

हालै टी-मोबाइल सामसङको फोनमा चल्ने ई-सिमकार्ड प्रदान गर्नेमा अग्रणी भएको छ। यसरी ई-सिम सपोर्ट गर्ने पहिलो सामसङ डिभाइसमा भने ग्यालेक्सी नोट २० सिरिज परेको छ।

ई-सिमकार्डको फिचर एकभन्दा बढी सिम प्रयोग गर्न चाहनेहरुका लागि निकै लाभदायक देखिएको छ। अमेरिकीहरुले भोतिकरुपमा कुनै पनि सिमकार्ड नराखिकन नै दुईवटा सिम स्ट्यान्डबाइ मोडमा चलाउन सक्छन्।

अहिले यसका लागि ग्यालेक्सी नोट २० सिरिज तथा नोट २० अल्ट्रामा ओटीए अपडेट उपलब्ध गराइएको छ। यस अपडेटले डुअल सिमलाई स्ट्यान्डबाइ मोडमा चलाउन मद्दत गर्छ।

यसबाहेक सिस्टम अपग्रेडले डिभाइसको स्थायित्वका लागि सेक्युरिटी प्याच रिपेयर पनि गर्छ। ग्यालेक्सी एस२१ सिरिजका स्मार्टफोनमा अहिलेसम्म अमेरिकामा ई-सिमकार्ड सपोर्ट आएको छैन। तर यो सिरिजमा पनि ओटीए अपडेट छिट्टै आउने अपेक्षा गरिएको छ।

easy care

प्रकाशित: ८ बैशाख २०७८, बुधबार