कोरोना नियन्त्रण गर्न काठमाडौं सीडीओको १३ बुँदे निर्देशन, अनलाइनमार्फत कक्षाहरु चलाउनुपर्ने

Technology Khabar ७ बैशाख २०७८, मंगलवार

कोरोना नियन्त्रण गर्न काठमाडौं सीडीओको १३ बुँदे निर्देशन, अनलाइनमार्फत कक्षाहरु चलाउनुपर्ने
NTC_Advt

काठमाडौं जिल्ला प्रशासनले सुरक्षा मापदण्ड अपनाउन भन्दै १३ बुँदामा सूचना जारी गरेको हो । जसअनुसार विद्यालय तथा शैक्षिक गतिबिधिहरु भर्चुअल तथा अनलाइनमार्फत गर्नुपर्ने निर्देशन दिएको छ।

त्यसैगरि विभिन्न सभा सम्मेलन तथा गोष्ठीहरु समेत  भर्चुअल वा अनलाइनको माध्यमबाट गर्नुपर्नेछ ।

यसका साथै कार्यालयले भीडभाड नगर्न, अनिवार्य मास्कको प्रयोग गर्न, २५ जना बढी भेला नहुन, सवारीसाधनमा सिट क्षमताभन्दा बढी नराख्न, यात्रुबाहक सवारीसाधनमा चालक र सहचालकले अनिवार्य मास्क र भाइजर लगाउन अनुरोध गरेको छ ।

जिल्ला प्रशासन कार्यालय तोकेको स्वास्थ्य मापदण्डको पालना नगरे संक्रामक रोग ऐन २०२० अन्तर्गत कारबाही गर्ने चेतावनी समेत दिएको छ ।

प्रकाशित: ७ बैशाख २०७८, मंगलवार