रियलमीद्धारा फाइभजी विकासका लागि पछिल्लो प्रतिवद्धता घोषणा

Technology Khabar ७ बैशाख २०७८, मंगलवार

रियलमीद्धारा फाइभजी विकासका लागि पछिल्लो प्रतिवद्धता घोषणा
सांकेतिक

प्रविधिको क्षेत्रमा विश्वमा ट्रेन्ड सेटिङ मोबाइल फोनको रुपमा देखिएको रियलमीले फाइभजी विकासका लागि पछिल्लो प्रतिवद्धता घोषणा गरेको छ ।

कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) स्काई लिले खुला घोषणा पत्रद्वारा फाइभजीलाई लोकप्रिय बनाउन कम्पनीले दरिलो प्रयास गरिरहेको बताए ।

सीईओ लीले घोषणापत्रमा नयाँ योजनाका रुपमा फाइभजीको अपग्रेड तथा विश्वमा अधिकतम् प्रयोगकर्तालाई यस प्रविधिमा जोड्ने योजना बनाएको जानकारी दिए ।

लीकाअनुसार रियलमीले आफ्नो फाइभजी प्रक्षेपण वृद्धि गर्ने र आगामी २ वर्षभित्र पूर्ण रुपमा उच्च प्रदर्शनका साथतथा ट्रेन्डसेटिङ डिजाइन सहितका सुलभ फाइभजी उत्पादनहरुलाई ७० प्रतिशत ग्राहकवर्ग माझ पुर्याइसक्ने लक्ष्य लिएको छ ।

पहिलो चरणमा भारत तथा दक्षिण एसिया र युरोपका बजारलाई प्राथमिकतामा राखि त्यस पश्चात अन्य क्षेत्रमाआफ्नो रियलमीका फाइभजी उत्पादनको बजार व्यवस्थापन गर्ने योजना बनाएको छ । धेरै भन्दा धेरै प्रयोगकर्ताहरुमाझ उच्चगति एवं कम विलम्वताका साथ गुणस्तरीय अनुभूतियुक्त फाइभजी प्रविधिको सेवा प्रदान गर्नु नै कम्पनीको उद्देश्य रहेको छ ।

यसैगरी रियलमीले विशेषगरी आफ्ना युवा प्रयोगकर्तालाई प्राथमिकतामा राखि विश्वभर सातवटा फाइभजी समर्पित खोज तथा अनुसन्धान समूह स्थापना गरी ९० प्रतिशत खोज तथा अनुसन्धानको स्रोत साधनसहित थप ३ करोड अमेरिकी डलर फाइभजी प्रविधिको विकासमा खर्च गर्ने तयारी गरेको छ ।

विश्वको सातौँ ठूलो र तीव्र बजार विस्तार गर्दै गएको स्मार्टफोन कम्पनी रियलमीले ‘चुनौतीदेखि उन्नतिसम्म’ नाराका साथ द्रूतगतिमा फाइभजी नेटवर्कको विस्तार गरिरहेको छ ।

पहिलो पटक २०१९ जनवरीमा फाइभजी नेटवर्क सहितको ‘एक्स ५० फाइभजी’ सार्वजनिक गरे लगत्तै रियलमीले विभिन्न मूल्यका रेन्जमा फाइभजी सिरिजका स्मार्ट फोनहरु विश्वभर सार्वजनिक गर्दै आएको जनाएको छ।

TK Viber

प्रकाशित: ७ बैशाख २०७८, मंगलवार

Loading...