नेपालमा बनेको इलेक्ट्रिक मोटरसाइकलको टेष्ट ड्राइभ बुधबार गर्न पाईने

Technology Khabar ७ बैशाख २०७८, मंगलवार

नेपालमा बनेको इलेक्ट्रिक मोटरसाइकलको टेष्ट ड्राइभ बुधबार गर्न पाईने

काठमाडौं ।

नेपालमा बनेको इलेक्ट्रिक मोटरसाइकल ‘यात्री’ ले बुधबार ग्राहकलाई आफ्नो मोटरसाइकलको टेष्ट ड्राइभ गराउने भएको छ ।

नेपाली युवा इन्जिनियरको टिमले डिजाइन र निर्माण गरेको इलेक्ट्रिक मोटरसाइकलको टेष्ट ड्राइभको लागि इच्छुकहरुलाई सहभागी हुन सार्वजनिक आव्हान गरेको छ ।

सो टेष्ट ड्राइभ काठमाडौंको होटल ह्यातमा आयोजना गर्न लागिएको हो । यात्री मोटरसाइकल्सका अनुसार पहिलो चरणमा ५० जनाले मात्र टेष्ट ड्राइभ गर्न पाउने छन् । सरकारले कोभिड १९ को संक्रमणलाई हेरेर नयाँ नियम लागु गरेसँगै ५० जनालाई मात्र सहभागी गराउने जानकारी दिएको छ ।

त्यसको लागि कम्पनीको वेभसाइटमार्फत अनलाइन रजिष्ट्रेसन गरेर मात्र स्वीकृत भएपछि टेष्ट ड्राइभमा सहभागी हुन पाईनेछ।

यात्री कम्पनीले उत्पादन गर्ने मोटरसाइकल अर्को हप्ता सार्वजनिक हुँदैछ । कम्पनीले सन् २०१९ मा ‘पी-०’ मोडलको प्रोटोटाइप सार्वजनिक गरेको थियो भने अहिले अर्को मोडल ‘पी-१’ को समेत निर्माण गरिसकेको जनाएको छ ।

easy care

प्रकाशित: ७ बैशाख २०७८, मंगलवार