अनर ५० सिरिज डुअल रिङ क्यामरा डिजाइनमा आउने

Technology Khabar ७ बैशाख २०७८, मंगलवार

अनर ५० सिरिज डुअल रिङ क्यामरा डिजाइनमा आउने
Classic Tech

अनरले आफ्नो भी४० स्मार्टफोन गएको जनवरीमा सार्वजनिक गरेको थियो। त्यसको फलो अपका रुपमा अनर ४० मोडलको ग्लोबल भर्जन आउनुपर्नेमा कम्पनीले त्यसको साटो अनर ५० सिरिज ल्याउने भएको हो।

अनर ५० सिरिज आगामी मे महिनामा सार्वजनिक हुने बुझिएको छ। यसको बाहिरिएको टिजरमा फोनको पछाडि दुई ओटा गोलाकार क्यामरा सेट अप देख्न सकिन्छ।

यसको स्केच पनि बाहिरिएको छ जसको क्यामरा डिजाइन यसको लीक भएको फोटोमा रहेको जस्तै देखिएको छ। उक्त डिजाइनमा माथिल्लो गोलाकारमा एउटा मात्रै तथा तल्लो गोलाकारमा दुईओटा क्यामरा तथा एउटा एउटा एलईडी फ्ल्याश रहेको छ।

क्यामरा हार्डवयरका बारेमा कुनै जानकारी बाहिर आएको छैन। यसबाहेक कम्पनीले अनर भी४० डिजाइनलाई किन निरन्तरता दिएन भन्ने चासो पनि उत्तिकै छ। अनर ५० सिरिजको उक्त डिभाइस हेर्दा अनर भी४० लाइटको डिजाइनजस्तै छ।

यसमा गुगल मोबाइल सर्भिस चल्छ कि चल्दैन लगायत अन्य थुप्रै प्रश्न भने आधिकारिक विवरण नआउन्जेल अनुत्तरित नै रहनेछन्।

ह्वावेबाट आधिकारिक रुपमा छुट्टिइसकेकाले पनि यी र यस्ता प्रश्नहरु उठ्नु स्वाभाविकै हो।

TK Viber

प्रकाशित: ७ बैशाख २०७८, मंगलवार

Loading...