दुर्घटना हुँदा टेस्लाको कार अटो ड्राइभर मोडमा थिएन: मस्क

Technology Khabar ७ बैशाख २०७८, मंगलवार

दुर्घटना हुँदा टेस्लाको कार अटो ड्राइभर मोडमा थिएन: मस्क

काठमाडौं ।

सोमबार अमेरिकाको टेक्ससमा भएको ड्राइभररहित टेस्ला कार दुर्घटना हुँदा अटो ड्राइभर मोडमा नरहेको कम्पनीका सीईओ एलन मस्कले दावी गरेका छन्।

उनले ट्विटरमार्फत् उक्त कुराको दावी गरेका हुन्।

अमेरिकाको दुई संघीय निकाय नेशनल हाइवे ट्राफिक सेफ्टी एडमिनिस्ट्रेशन र नेशनल ट्रान्सपोर्टेशन सेफ्टी बोर्डले उक्त भयानक दुर्घटनाका बारेका जाँच गरिरहेका छन्।

स्थानीय प्रहरीले आफ्नो प्रारम्भिक अनुसन्धानबाट टेस्लाको सन् २०१९ मा बनेको उक्त मोडल एस कार सडकबाट तल खसेर रुखमा ठोक्किएर आगो लाग्दा बेलामा ड्राइभरको सीटमा कोही पनि नभएको बताउँदै आएका छन्।

मस्कले ट्विटरमा हालसम्म प्राप्त डाटा लगबाट उक्त कारमा अटो पाइलट इनेबल नगरिएको तथा त्यसले एफएसडी पनि नकिनेको बताएका छन्। साथै उनले स्ट्यान्डर्ड अटो पाइलटका लागि लेनका धर्का हुनु आवश्यक हुने र उक्त सडकमा यस्तो नभएको पनि उल्लेख गरेका छन्।

टेस्लाले मोनिकर्स अटो पाइलट र फुल सेल्फ ड्राइभिङ एफएसडीका नाममा स्वचालित ड्राइभिङ सिस्टम बिक्री गर्छ। अटो पाइलट र फुल सेल्फ ड्राइभिङले सबै परिस्थितिहरुमा कारलाई सम्हाल्न सक्दैन। कम्पनीले यूजर म्यानुअलमा अटो पाइलट र फुल सेल्फ ड्राइभिङ प्रयोग गर्दा आफूले त्यसलाई सतर्कताका साथ अनुगमन गरिरहनु पर्ने उल्लेख गरेको हुन्छ।

easy care

प्रकाशित: ७ बैशाख २०७८, मंगलवार