फेसबुकले क्लबहाउसजस्तै फिचर भएको अडियो सेवा साउन्डबाइट्स ल्याउने

Technology Khabar ७ बैशाख २०७८, मंगलवार

फेसबुकले क्लबहाउसजस्तै फिचर भएको अडियो सेवा साउन्डबाइट्स ल्याउने

काठमाडौं ।

फेसबुकले क्लबहाउसजस्तै फिचर भएको अडियो सेवा शुरु गर्ने भएको छ।

फेसबुकले शुरु गर्ने उक्त सेवामा रहेको लाइभ अडियो रुम्सजस्ता सुविधा चर्चित अडियो प्लेटफर्म क्लबहाउसको फिचर भएको सेवा हो जसमार्फत् प्रयोगकर्ताले अडियो कुराकानी सुन्न तथा त्यसमा भाग लिन सक्छन्।

गत वर्ष कोरोना महामारीका बेला अडियोमात्र सुन्न मिल्ने नेटवर्कहरु निक्कै लोकप्रिय भएका थिए।

यसै सिलसिलामा फेसबुकले पनि यस्तै फिचर भएको साउन्डबाइट्स नाम गरेको अडियो सेवा ल्याउने भएको हो। यसमा यूजरहरुले साना साना अडियो क्लिप बनाएर शेयर गर्न सक्नेछन्।

यो सेवा केही महिनाभित्रै सार्वजनिक हुने र शुरुवातमा भने थोरै मानिसहरुलाई मात्र सुविधा दिइने बुझिएको छ। यूजरहरुले लाइभ अडियो रुम्स तथा साउन्डबाइट्स मार्फत् रकम पनि कमाउन सक्नेछन्। तर यो सुविधा हरेकका लागि उपलब्ध हुने वा केही छानिएका यूजरहरुमा मात्र सीमित रहने भन्ने यकिन छैन।

फेसबुकले आफ्ना यूजरहरुलाई यसमा भएका कुराकानी तथा पडकास्टहरु फेसबुक एपबाटै सोझै सुन्न सकिने पनि बनाएको छ। फेसबुकका मुख्य कार्यकारी मार्क जुकरबर्गले सोमबार पत्रकार केसी न्युटनसँगको कुराकानीमा यस्तो खुलाएका हुन्।

easy care

प्रकाशित: ७ बैशाख २०७८, मंगलवार