मिडियाटेकले ४ एनएम प्रोसेसबाट तयार गरिएको चिप उत्पादन गर्ने

Technology Khabar ७ बैशाख २०७८, मंगलवार

मिडियाटेकले ४ एनएम प्रोसेसबाट तयार गरिएको चिप उत्पादन गर्ने
Classic Tech

मिडियाटेकले ४ एनएम प्रोसेसबाट तयार गरिएको चिप उत्पादन गर्ने भएको छ।

केही स्रोतहरुबाछ बाहिरिएका तथ्यहरुका अनुसार मिडियाटेक ४ एनएम प्रोसेसबाट चिप तयार गर्ने पहिलो कम्पनी हुने भएको छ।

कम्पनीले यसै वर्षको चोथो त्रैमास वा २०२२ को शुरुवातबाट उक्त प्रविधिको चिप उत्पादन शुरु गर्ने बुझिएको छ।

केही मुख्य उपकरण निर्माता कम्पनीहरुले मिडियाटेकलाई हाइ-इन्ड एसओसी चिपका लागि अर्डर दिइसकेका बुझिएको छ। यी कम्पनीहरुमा मुख्यगरी ओपो, भिभो, सामसङ र शाओमी छन्।

अहिलेको ५ एनएम प्रोसेसमा बनेका चिपहरु ३० देखि ३५ डलरमा उपलब्ध हुने भए पनि ४ एनएम प्रोसेसको चिप भने ८० डलरसम्म पर्ने हुन्छ।

चीनक चर्चित लिकरले मिडियाटेकको हार्डवयर अहिलेको स्न्यापड्रागन ८०० सिरिजलाई चुनाैति दिन सक्ने तथा ब्याट्री पनि कम खपत गर्ने खालको भएको दावी गरेका छन्।

यो सबै कुरा अहिले हल्लामा मात्र सीमित भए पनि आगामी वर्षसम्ममा भाैतिकरुपमा यसलाई देख्न पाइने अपेक्षा गरिएको छ।

TK Viber

प्रकाशित: ७ बैशाख २०७८, मंगलवार

Loading...