ह्वावे र साइरसले संयुक्तरुपमा सार्वजनिक गरे इलेक्ट्रिक कार, यस्ता छन् फिचरहरु

Technology Khabar ६ बैशाख २०७८, सोमबार

ह्वावे र साइरसले संयुक्तरुपमा सार्वजनिक गरे इलेक्ट्रिक कार, यस्ता छन् फिचरहरु
NTC_Advt

केहि समयअघि देखि ह्वावेले कार निर्माण गर्ने चर्चा सुन्दै आएकोमा हाल कम्पनीले यसको क्याम्पेन शुरु गरेको छ । यसअघि कम्पनीले ३० हजार युआन मूल्य पर्ने ह्वावे स्मार्ट सेलेक्सनमा नयाँ उत्पादन ल्याउने बताईएको थियो ।

हाल चिनियाँ स्रोतलाई उदृत गर्दै आएको समाचारअनुसार यो इलेक्ट्रिक कार भएको तथा संयुक्त रूपमा ह्वावे र एक निर्माताद्वारा बनाईएको हो।

ह्वावे स्मार्ट सेलेक्सनले औपचारिक रूपमा साइरसलाई सहयोग गर्दछ। यो जियाओकाङ्ग सेयर अन्तर्गत एक नयाँ ऊर्जा ब्रान्ड हो।

आज साइरसले यसको रहस्यमय पार्टनरको रुपमा ह्वावेलाई घोषणा गर्‍यो। साथै, उनीहरूले नयाँ ह्वावे हाई प्रडक्ट शुरू गरे जसलाई साइरस ह्वावे स्मार्ट सेलेक्सन एसएफ५ भनिएको छ र यसको मूल्य २१६,८०० युआनदेखि २४६,८०० युआनको बिचमा तोकिनेछ ।

यो इलेक्ट्रिक कार हाल ह्वावे मलमा उपलब्ध छ। कारको उच्च पावर ४५० किलोवाट छ भने अधिकतम टर्क ८२० एनएम छ भने १०० किलोमिटर प्रति ४.६८ सेकेन्डको एक्सिलेरेटर रहेको छ।

शुद्ध इलेक्ट्रिक मोडमा, साइरस ह्वावे स्मार्ट सेलेक्सन एसएफ५ले १८० किलोमिटरको गति हासिल गर्न सक्दछ भने यसले अधिकतम १०००ं किलोमिटरको यात्रा प्राप्त गर्न सक्छ।

यो कार ह्वावे हाइकार फूल सिनारियो इन्टेलिजेन्स इन्टरकनेक्सन सिस्टमको साथ आउँदछ, जून ह्वावे हाइकार स्मार्ट कनेक्सन सलुसनका साथ गहिरो रूपमा एकीकृत हुन्छ ।

त्यसैगरि यस कारमा नेभिगेसन सिस्टम, अत्याधुनिक क्यामरा, ८ वटा अल्ट्रासोनिक राडारहरु, रिमोट अपग्रेड, भ्वाइस रिकग्निसन कन्ट्रोल लगायतका फिचरहरुका साथमा आउँछ । एजेन्सीका साथ

प्रकाशित: ६ बैशाख २०७८, सोमबार