एनआईसी एशिया मोबैंक एपमा कस्टमर केयर सेवा उपलब्ध

Technology Khabar ६ बैशाख २०७८, सोमबार

एनआईसी एशिया मोबैंक एपमा कस्टमर केयर सेवा उपलब्ध

काठमाडौं ।

एनआईसी एशिया बैंकले आफ्नो मोबाइल बैंकिङ्ग एप ‘एनआईसी एशिया मोबैंक’ मा ‘कस्टमर सेवा’ सेवा उपलब्ध गराएको छ ।

ग्राहकका समस्या यथाशिघ्र समाधान तथा सम्बोधन गर्नका लागि बैंकले एनआईसी एशिया मोबैंक मार्फत यस कार्यको थालनी गरेको बैंकले जनाएको छ । कस्टम केयरबाट डिजिटल बैंकिङ्ग प्रवर्धनमा समेत ठोस टेवा पुग्ने बैंकको विश्वास छ ।

बैंकको एप भित्र रहेको कस्टमर केयर आइकनमा ट्याप गरेपश्चात् विभिन्न सुविधाहरु उपलब्ध हुने बैंकले जनाएको छ । जसमा च्याट बट, बैंकको प्रतिनिधिसँग सिधा सम्पर्क, गुनासो टिकट, भिडियो ट्यूटोरियल, इमेल सुविधा आदि रहेको छ ।

‘डिजिटल फस्ट बैंक’ बन्ने दीर्घकालीन रणनीति अनुरुप आफ्ना सेवा तथा सुविधाहरूलाई डिजिटल मैत्री बनाउने क्रममा यस कस्टमर केयर बाट डिजिटल बैंकिङ्ग प्रवद्र्धनमा समेत ठोस टेवा पुग्ने बैंकले अपेक्षा लिएको छ ।

बैंकको NIC ASIA MoBank एप भित्र रहेको यस कस्टुमर केयर आइकनमा ट्याप गरेपश्चात् निम्नलिखित सुविधा उपलब्ध छन् :

  • च्याटबट : मोबाइल बैंकिङ्ग एपभित्र रहेको यस सुविधाभित्र ग्राहक महानुभावहरूले बैंकको अनलाईन सेवाहरू (ईन्टरनेट/मोबाइल/भाइबर/ मिस्डकल बैंकिङ्ग तथा क्यूआर मर्चेन्ट भुक्तानी), विदेशी विनिमय दर, गुनासो, अलाइन एप्लिकेसन, बैंकिङ्ग समय, जस्ता विषयमा जानकारी पाउनको लागि सोझै च्याटमार्फत सजिलै प्राप्त गर्न सक्नुहुनेछ ।
  • बैंकको प्रतिनिधिसँग सिधा सम्पर्क: यसमार्फत ग्राहक महानुभावहरूले बैंकबाट उपलब्ध हुने कार्ड, डिम्याट, मेरो शेयर, कर्जा, अनलाईन खाता, रेमिट्यान्स लगायतका सेवाका बारेमा बैंकका सम्बन्धित कर्मचारीलाई नै सिधै फोन गरेर आफ्नो जिज्ञासा वा गुनासो गर्न तथा सेवाबारे थप जानकारी प्राप्त गर्न सक्ने व्यवस्था रहेको छ ।
  • गुनासो टिकट: ग्राहक महानुभावहरूले आफ्नो जिज्ञासा तथा गुनासोलाई टिकटमार्फत दर्ता गर्न सक्नुहुनेछ र आफ्नो जिज्ञासा तथा गुनासो समाधानको अवस्थाको Real Time Tracking समेत सजिलै गर्न सक्नुहुनेछ ।
  • भिडियो ट्यूटोरियल : बैंकका डिजिटल सेवाहरूको प्रयोग गर्ने तरिका बारे तयार गरिएको जानकारी मुलक भिडियो सामग्रीहरू समेत ग्राहक महानुभावहरूले हेरी डिजिटल सेवाहरू आफै उपभोग गर्न सक्नुहुनेछ ।
  • ईमेल सुविधा : ग्राहक महानुभावहरूले यस कस्टमर केयर भित्र रहेको ईमेल आइकनमा क्लिक गरी बैंकलाई सिधै ईमेल पठाउन सक्ने व्यवस्था समेत रहेको छ ।
  • एफएक्यू : बैंकका सेवा तथा सुविधाबारे धेरै सोधिने प्रश्नहरू तथा तिनका उत्तरहरू अध्ययन गरेर ग्राहक महानुभावहरूले आफ्नो जिज्ञासा मेटाउन समेत सक्नुहुनेछ ।

ग्राहक महानुभावहरूले जुनसुकै स्थानबाट र जुनसुकै समयमा आफ्नो मोबाइल प्रयोग गरी यस बैंकका सेवा सम्बन्धी जानकारी लिन, गुनासो एवं आफ्नो बैंकिङ्ग आवश्यकतालाई हरसम्भव बैंक समक्ष पुर्याउन यो सुरुवात निकै प्रभावकारी हुनुका साथै यसबाट ग्राहक महानुभावहरूमा सन्तुष्टि बृद्धि गर्ने बैंकले विश्वास लिएको छ ।

easy care

प्रकाशित: ६ बैशाख २०७८, सोमबार