तीन साइजमा जेनफोन ८ सिरिज ल्याउँदै असुस

Technology Khabar ६ बैशाख २०७८, सोमबार

तीन साइजमा जेनफोन ८ सिरिज ल्याउँदै असुस
Classic Tech

असुसले तीन साइजमा जेनफोन ८ सिरिज बजारमा ल्याउने भएको छ।

हालै चलेका चर्चा परिचर्चाका अनुसार यीमध्ये सबैभन्दा सानो साइज ५.९ इन्चको हुने बुझिएको छ र यसलाई जेनफोन मिनी नाम दिइएको छ। यो फोन केही समयअघि गीकबेन्चको डाटाबेसमा पहिलोपटक देखिएको थियो।

जेनफोन ८ मिनीमा स्न्यापड्रागन ८८८ चिपसेटका साथमा १६ जीबी र्याम दिइएको छ। बाहिर आएका जानकारीहरुका अनुसार जेनफोन ८ मिनीमा ६४ मेगापिक्सेलको सोनी आईएमएक्स६८६ मुख्य क्यामराका साथमा अर्को एउटा सोनी आईएमएक्स६६३ क्यामरा रहनेछ। यसले ३० वाटको चार्जिङ सपोर्ट गर्दछ।

जेनफोन ८ सिरिजका सबै मोडलमा १२० हर्ज रिफ्रेश रेटसहितको फुल एचडी+ ओएलईडी डिस्प्ले रहने अपेक्षा गरिएको छ।

जेनफोन मिनीका साथमा जेनफोन ८ प्रो तथा जेनफोन फ्लिप स्मार्टफोन पनि आउने बताइएको छ। जेनफोन फ्लिप पहिलेका जेनफोन सिरिजका स्मार्टफोनमा भएको फ्लिप अफ क्यामरा डिजाइनलाई जस्ताको तस्तै राखेको एकमात्र ८ सिरिजको फोन हुनेछ।

TK Viber

प्रकाशित: ६ बैशाख २०७८, सोमबार

Loading...