नेपाल टेलिकमको अप्टिकल फाइबर पूर्वाधार अब अन्य कम्पनीले पनि सहप्रयोग गर्न सक्ने

Technology Khabar ६ बैशाख २०७८, सोमबार

नेपाल टेलिकमको अप्टिकल फाइबर पूर्वाधार अब अन्य कम्पनीले पनि सहप्रयोग गर्न सक्ने
नेपाल टेलिकमको भद्राकाली प्लाजा सिंहदरबारमा रहेको केन्द्रिय कार्यालय ।फाइल
Classic Tech

नेपाल टेलिकमको पूर्वाधार अब अन्य कम्पनीहरुले समेत प्रयोग गर्न पाउने भएका छन् ।

कम्पनीको पूर्वाधार सहप्रयोगको लागि उपलब्ध गराउन सकिने निर्णय भएसँगै अन्य कम्पनीहरुको लागि समेत बाटो खुलेको हो ।

केहि साताअघि सरकारी कम्पनी नेपाल दूरसञ्चार कम्पनी लिमिटेडको बोर्ड बैठकले कम्पनीका ठूला पूर्वाधारहरु सहप्रयोग गर्न सकिने गरि निर्णय गरेको हो ।

बोर्ड बैठकले टेलिकमका ४८ कोर भन्दा ठूला पूर्वाधारहरु अन्य कम्पनीहरुसँग सहप्रयोग गर्न सकिने निर्णय गरेको कम्पनीका प्रबन्ध निर्देशक डिल्लीराम अधिकारीले जानकारी दिए।

‘दुई साताअघि बसेको बोर्ड बैठकले टेलिकमको ४८ कोर भन्दा ठूलो अप्टिकल फाइबर पूर्वाधार अन्य कम्पनीहरुलाई पनि सहप्रयोग गर्न दिने निर्णय गरेको हो,’ प्रबन्ध निर्देशक अधिकारीले टेक्नोलोजीखबरसँग भने ।

उनकाअनुसार बोर्डले राजमार्ग तथा देशभर ब्याकबोनको रुपमा बिछ्याईएको अप्टिकल फाइबरको लागि मात्र सहप्रयोग गर्न दिने निर्णय गरेको हो । जसअनुसार अन्य इच्छुक कम्पनीहरुले टेलिकमको सो पूर्वाधार सहप्रयोग गर्न सक्नेछन् ।

तर टेलिकमका शहरी क्षेत्रमा रहेका अप्टिकल फाइबरहरु भने सहप्रयोग हुनेछैन् ।

टेलिकमले एक जिल्लाबाट अर्को जिल्लामा सञ्चारको लागि अप्टिकल फाइबर पूर्वाधार तयार पारेको छ भने पूर्व पश्चिम राजमार्गलगायतका क्षेत्रहरुमा समेत अप्टिकल फाइबर राखेको छ ।

TK Viber

प्रकाशित: ६ बैशाख २०७८, सोमबार

Loading...