डिशहोम र प्रभु टिभीबिच मर्जरको योजना, डिशहोमको शेयर निष्काशनपछि मात्र मर्ज हुने

Technology Khabar ५ बैशाख २०७८, आईतवार

डिशहोम र प्रभु टिभीबिच मर्जरको योजना, डिशहोमको शेयर निष्काशनपछि मात्र मर्ज हुने
Classic Tech

इन्टरनेट सेवा तथा टेलिभिजन प्रशारण सेवा दिंदै आएका दुई कम्पनीहरु डिशहोम मिडिया नेटवर्क प्रालि र प्रभु टिभी एक आपसनमा गाभिने तयारी गरेका छन्।

दुई सेवाप्रदायका लगानीकर्ताहरुबीच मर्जरका लागि छलफल भइरहेको छ।

डिशहोमका लगानीकर्ता तथा प्रमुख कार्यकारी अधिकृत सुदीप आचार्यले कम्पनी मर्जरका लागि छलफल भइरहेको बताए।

छलफल भएको हो र यस्तो छलफल केहि समय अघिदेखि चलेको हो। तर यो प्रारम्भिक छलफल मात्र हो,’ आचार्यले भने, बजारमा उस्तै प्रकारको सेवा दिनका लागि साना कम्पनीहरुले नसक्ने हुँदा प्रतिस्पर्धामा जानपनि ठूलो कम्पनी चाहिने देखियो ।

उनकाअनुसार प्रभु टिभीका लगानीकर्ताहरुले डिशहोममा पनि लगानी गरेको हुँदा पहिलो चरणको छलफल शुरु गरिएको हो ।

अहिले नै मर्ज हुने भन्ने अवस्था छैन् । हामी सार्वजनिक शेयर निष्काशनको चरणमा छौं । र शेयर निष्काशन गरेपछि मात्र मर्जरमा जानेछौं । आचार्यले भने ।

उनकाअनुसार हाल शेयर निष्काशनको क्रममा रहेको र बुक बिल्डिङ्गमार्फत शेयर सार्वजनिक गरिनेछ ।

‘आईपिओ जारी गर्न यत्रो वर्षसम्म त कुर्यौं भने अब बुक बिल्डिङ्गमार्फत जाने भनेर हेरिरहेका छौं । यसले कम्पनीको भ्यालु समेत बढाउनेछ,’ सिईओ आचार्यले टेक्नोलोजीखबरसँग भने ।

त्यसैगरि प्रभु ग्रुपका अध्यक्ष देवी भट्टचनले पनि डिशहोमसँग मर्ज हुने बारेमा छलफल भएको जानकारी दिए । अहिले प्रारम्भिक चरणमा मात्र छलफल भएको हो । अझै छलफल हुनेछऽ त्यसपछि मात्र केहि होलाऽ भट्टचनले भने ।

डाइरेक्ट टू दि होम अर्थात डिटिएच प्रविधिबाट देशभर टेलिभिजन सेवा दिंदै आएको डिशहोम र डिजिटल भिडिओ प्रशारण (डिभिबी-टी२) प्रविधिबाट सेवा दिइरहेको प्रभु टिभी दुबैले इन्टरनेट सेवा प्रदायकको लाइसेन्स पनि लिएका छन् र पछिल्लो समय अप्टिकल फाइबरबाट इन्टरनेट सेवा उपलब्ध गराईरहेका छन्।

डिशहोमले त नेटवर्क सेवा प्रदायकको रुपमा समेत काम गर्दै आएको छ ।

प्रभु टिभीको मुख्य प्रबर्द्धक प्रभु समूह हो भने डिशहोममा आइएमई समूहका साथै सिइओ आचार्य र प्रभु समूहको पनि लगानी रहेको छ।

TK Viber

प्रकाशित: ५ बैशाख २०७८, आईतवार

Loading...