पीडीएफ विकास गर्ने कम्पनी एडोबका सह संस्थापक चार्ल्स गेस्केको निधन

Technology Khabar ५ बैशाख २०७८, आईतवार

पीडीएफ विकास गर्ने कम्पनी एडोबका सह संस्थापक चार्ल्स गेस्केको निधन
Classic Tech

पोर्टेबल डकुमेन्ट फर्म्याट अर्थात पीडीएफ (PDF) विकास गर्न मद्दत गर्ने सफ्टवेयर कम्पनी एडोबका सह संस्थापक चार्ल्स गेस्के ८१ वर्षको उमेरमा निधन भएको छ।

गेस्केले सन् १९८१ मा एडोब सेट अप गरेका थिए, जसले अन्य धेरै अडियो-भिजुअल नवप्रवर्तनहरूको बीचमा विश्वलाई सर्वव्यापी विशेष पिडिएफ सफ्टवेयर प्रदान गर्‍यो ।

त्यसको १० वर्षपछि उनी चर्चामा आएका थिए जतिबेला उनलाई बन्दुकधारीहरुले अपहरण गरेका थिए र फिरौती रकम बुझाएपछि चार दिनपछि रिहा भएका थिए।

उनको शुक्रवार क्यालिफोर्नियामा निधन भयो।

एडोबका सीईओ शान्तनु नारायणले चक भनेर चिनिने गेस्केले व्यापक रूपमा यसको डेस्कटप प्रकाशन क्रान्तिलाई जन्म दिएको बताए।

‘यो सम्पूर्ण एडोब समुदाय र प्रविधि उद्योगको लागि ठूलो क्षति हो, जसका लागि उनी दशकौंसम्म मार्गनिर्देशक र नायक रहनेछन्,’ उनले कम्पनीका कर्मचारीहरूलाई एउटा ईमेलमा लेखे।

‘एडोबको सह संस्थापकको रुपमा चक र जोन वार्नकले ग्राउण्ड ब्रेकिङ्ग सफ्टवेयरको विकास गरेका थिए जसले मानिसहरूले कसरी सृजना र सञ्चार गर्छन भन्ने विषयमा क्रान्ति ल्याएको छ,’ उनले भने।

चक र जोन वार्नकले संयुक्तरुपमा पीडीएफ इलुस्ट्रेसन प्रिमियर प्रो एक्रोब्याट र फोटोसपका लागि योगदान गरेका थिए।

TK Viber

प्रकाशित: ५ बैशाख २०७८, आईतवार

Loading...