कल बाइपास गरेको आरोपमा एक भारतीयसहित दुई जना पक्राउ

Technology Khabar ५ बैशाख २०७८, आईतवार

कल बाइपास गरेको आरोपमा एक भारतीयसहित दुई जना पक्राउ

काठमाडौं ।

अवैध अन्तर्राष्ट्रिय कल बाइपास सञ्चालन गरेको आरोपमा एक भारतीय नागरिकसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।

काठमाडौं उपत्यकाका विभिन्न स्थाानमा नेपाल सरकारको कुनै पनि निकायबाट अनुमति नलिइ गैह्र कानुनीरुपमा अन्तर्राष्ट्रिय आगमन कल बाइपास सञ्चालन गर्ने दुई जनालाई पक्राउ गरेको प्रहरी प्रधान कार्यालयका प्रहरी उपरीक्षक श्यामकुमार महतोले जानकारी दिए ।

पक्राउ पर्नेमा भारत पञ्जाब राज्यस्थित सन्तोकपुरा–१ बस्ने वर्ष ३१ का राना शाह र रौतहटको रमौली बेरिया–६ बस्ने वर्ष ३३ का स्यामुल खान भन्ने मोसलिम मियाँ अन्सारी रहेका छन् । अन्सारी बंगलादेशी मूलका नेपाली नागरिकताधारी व्यक्ति हुन् ।

काठमाडौं चन्द्रागिरी नगरपालिका–२ बसण्डोलस्थित श्यामकृष्ण श्रेष्ठको घरमा कोठा भाडामा लिई शाहले अन्तर्राष्ट्रिय कल बाइपास सञ्चालन गरिरहेको भन्ने गोप्य सूचनाको आधारमा खानतलासी गर्दा ६४ पार्टको कल बाइपास गर्ने उपकरणलगायत अन्य विद्युतीय उपकरणहरु बरामद गरेको प्रहरी उपरीक्षक महतोले जानकारी दिए । गोरखापत्र अनलाइनबाट

Global Bank
easy care

प्रकाशित: ५ बैशाख २०७८, आईतवार

ताजा समाचार