स्मार्टफोनमा मेगापिक्सेल होड टुङ्ग्याउने दाउमा सामसङ

Technology Khabar ५ बैशाख २०७८, आईतवार

स्मार्टफोनमा मेगापिक्सेल होड टुङ्ग्याउने दाउमा सामसङ
Classic Tech

स्मार्टफोन क्यामरामा मेगापिक्सेल बढाउँदै लैजानेमा सामसङ अग्रपंक्तिमा रहेको छ। सामसङका धेरै स्मार्टफोनहरुमा ६४ वा १०८ मेगापिक्सेलका क्यामरा उपलब्ध हुनुले पनि यो तथ्यलाई पुष्टि गर्छ।

तर सामसङ एस२१ अल्ट्राको अनुभवले कम्पनलीले क्यामरामा धेरै मेगापिक्सेल हुँदैमा त्यसले प्रतिस्पर्धीहरुका अगाडि फाइदा नहुने तथा उक्त फ्ल्यागशिप उत्कृष्ट स्मार्टफोन नठहरिने तथ्य थाहा पायो।

यसबाट कम्पनीले परिमाण वा मात्राले गुणस्तर निर्क्योल गर्दैन भन्ने पाठ सिकेको हुनुपर्छ। त्यसैले उसले मेगापिक्सेलको दोडमागति नबढाउने निर्णय गरेको छ।

प्रविधिका विवरण बाहिर ल्याउने चर्चित आइस यूनिभर्सले सामसङले विवेकपूर्ण काम गर्ने र ठूला मेगापिक्सेल अंकहरु पछ्याउन छोड्ने घोषणा गरेका छन्।

अब कम्पनीले प्रत्येक पिक्सेलको साइज र रेजोल्युशनबीचको सन्तुलनलाई प्राथमिकता दिनेछ। यसको पहिलो नतिजा हामीले सामसङको आईएसओसेल जीएन२ सेन्सरमा देखिसकेका छैं। यसमा अहिलेसम्मकै सबैभन्दा ठूलो १/१.२ इन्चको सेन्सर साइज रहेको छ।

यसो भएपछि २०० मेगापिक्सेलको भविष्य के हुनेछ भन्ने यकिन छैन। गत वर्ष कम्पनीले सर्वाधिक मेगापिक्सेल भएको कीर्तिमानी स्मार्टफोन उत्पादन गर्ने हल्ला चलेको थियो।

TK Viber

प्रकाशित: ५ बैशाख २०७८, आईतवार

Loading...