सामसङ स्मार्ट ट्याग+ को बिक्री दक्षिण कोरियाबाट शुरु

Technology Khabar ५ बैशाख २०७८, आईतवार

सामसङ स्मार्ट ट्याग+ को बिक्री दक्षिण कोरियाबाट शुरु
Classic Tech

सामसङले स्मार्ट ट्याग+ को बिक्री दक्षिण कोरियाबाट शुरु गरेको छ गरेको छ।

यो डिभाइस कोरियामा सामसङको अनलाइन स्टोर तथा देशभरका सामसङ डिजिटल प्लाजा स्टोरहरुमा उपलब्ध गराइएको छ। यसबाहेक कुपाङ, इलेभेन्थ स्ट्रीट, जी मार्केट तथा नेभर स्मार्ट स्टोरजस्ता अन्य खुद्रा बिक्री केन्द्रहरुबाट पनि किन्न सकिने बताइएको छ।

दक्षिण कोरियालीहरुले यो डिभाइस ३९,५०० वन अर्थात् ३६ डलर हाराहारीमा ब्ल्याक र डेनिम ब्लु गरी दुई रंगमा किन्न पाउनेछन्।

स्मार्ट ट्याग ब्लुटूथ एलईमा आधारित छ भने स्मार्ट ट्याग+ यूडब्ल्यूबी अर्थात् अल्ट्रा वाइड ब्यान्ड प्रविधिमार्फत् चल्छ। स्मार्ट ट्याग+ ले सहि दिशा संकेत गर्ने भएकोले यसले एआर अग्मेन्टेड रियालिटी एप्लिकेशनमार्फत् यूजरहरुलाई आफ्ना हराएका सामान खोज्न मद्दत गर्छ।

यसलाई घरपालुवा जनावर तथा साइकल, ब्यागजस्ता सामानमा राख्दा चोरी हुने सम्भावना कम रहने तथा चोरी भएको खण्डमा छिट्टै पत्ता लाग्ने बताइएको छ।

TK Viber

प्रकाशित: ५ बैशाख २०७८, आईतवार

Loading...