फिटबिटको स्मार्ट ब्यान्ड ल्यूक्सको विवरण लीक

Technology Khabar ५ बैशाख २०७८, आईतवार

फिटबिटको स्मार्ट ब्यान्ड ल्यूक्सको विवरण लीक

काठमाडौं ।

जर्मन ब्लग विनफ्युचरमा आएको फोटोका अनुसार फिटबिटले केही समयमा फिटबिट ल्युक्स सार्वजनिक गर्ने भएको छ। अघिल्लो महिना बच्चाहरुका लागि एस३ फिटनेस ब्यान्ड बजारमा ल्याउने घोषणा गरेको  फिटबिटले आकर्षक डिजाइन र कम्तीमा तीन रंगमा उक्त फिटनेस ब्यान्ड सार्वजनिक गर्ने बुझिएको छ।

यसको बडी स्टेनलेस स्टिलको हुने तथा स्ट्र्याप भने परिवर्तन गर्न मिल्ने तर फिटनेस ट्र्याकरमा हम्मेसी नदेखिने बकल डिजाइनको रहेन आकलन गरिएको छ।

यसमा रंगीन ओएलईडी टचस्क्रीन रहने तर यसको रेजोल्युशन भने खुलाइएको छैन। त्यस्तै यसमा ब्रिदिङ ट्रेनिङ, हार्ट रेट मनिटरिङ तथा केही स्पोर्ट्स मोड रहने बुझिएको छ।

विवरण बाहिर ल्याउने स्रोतका अनुसार फिटबिट ल्युक्समा स्ट्रिस मनिटरिङ पनि आउने साथै यसमा पानी नछिर्ने फिचर पनि रहनेछ।

तर यसमा जीपीएस नरहने र यो कनेक्ट भएको स्मार्टफोनमार्फत् मात्र जीपीएस प्रयोग गर्न सकिनेछ। यसको मूल्य र सार्वजनिक हुने मिति अझै यकिन भइसकेको छैन तर फोटो र विवरण बाहिरिइसकेकाले फिटबिटले यो डिभाइस छिट्टै सार्वजनिक गर्न सक्ने अपेक्षा गरिएको छ।

Global Bank
easy care

प्रकाशित: ५ बैशाख २०७८, आईतवार

ताजा समाचार