स्टारलिंक स्याटेलाइट इन्टरनेट गाडिहरुमा पनि उपलब्ध गराउने स्पेसएक्सको चाहना

Technology Khabar ५ बैशाख २०७८, आईतवार

स्टारलिंक स्याटेलाइट इन्टरनेट गाडिहरुमा पनि उपलब्ध गराउने स्पेसएक्सको चाहना

काठमाडौं ।

स्पेसएक्सले ठूला सवारीहरू- ट्रकदेखि जेट र जहाजहरूलाई आफ्नो स्टारलिंक स्याटेलाइट इन्टरनेट नेटवर्कमा जोड्न शुरू गर्न चाहेको छ ।

कम्पनीले यसको लागि हालै अमेरिकी संघीय संचार आयोगमा अनुरोधसहित निवेदन दायर गरेको सिएनबीसीले जनाएको छ।

“यो एप्लिकेसनले स्पेसएक्सको सेटेलाइट प्रणालीको लागि ग्राउन्ड बेस्ड कम्पोनेन्ट्सको नयाँ वर्गलाई अधिकार दिएर जनताको हितको लागि सेवा पुर्‍याउँछ जसले संयुक्त राज्य अमेरिकाभरि सवारी सवारी साधनहरूको लागि उपलब्ध ब्रोडब्यान्ड क्षमताहरूको दायरा विस्तार गर्दछ । साथै विश्वव्यापीरुपमा जहाजहरू र विमानहरूमा सेवा विस्तार गर्दछ,” स्पेसएक्स निर्देशक स्याटेलाइट नीति डेभिड गोल्डम्यानले शुक्रबार एफसीसीलाई पठाएको पत्रमा लेखेका छन् ।

यसको अर्थ कम्पनीले घर वा मानिसहरुलाई मात्र नभई यसले चलायमान गाडी जस्ता उपकरणहरुको लागि पनि सेवा दिने योजनाको अनुमति माग गरेको छ।

यस बारेमा एलन मस्कले ट्वीट गर्दै टेस्लाका गाडीहरुमा मात्र नभई यसलाई अन्य चलायमान गाडी तथा साधनहरुमा पनि कनेक्ट गर्न प्रयोग गरिने जानकारी दिएका छन् ।

स्टारलिंक कम्पनीको ठूलो लगानीसहितको परियोजना हो जसले हजारौं स्याटेलाइटको साथ एक अन्तरसम्बन्धित इन्टरनेट नेटवर्क निर्माण गर्नेछ । यसले पृथ्वीमा जहाँसुकैपनि रहेका उपभोक्ताहरूलाई उच्च गतिको इन्टरनेट पुर्‍याउन डिजाइन गरिएको कन्स्टलेसनको रूपमा चिनिन्छ।

हालसम्म स्पेसएक्सले ११ सयवटा स्याटेलाइटहरु अन्तरिक्षमा पुर्याईसकेको छ ।

स्पेसएक्सले आफ्नो शुक्रवारको फाईलिंगमा सवारी साधनहरुका लागि स्टारलिंक प्रयोगकर्ता टर्मिनलहरू हालको ग्राहकलाई पठाइएको उपकरण भन्दा फरक डिजाइनमा हुने वा नहुने भन्ने जानकारी दिएको छैन् । तर स्पेसएक्सले भनेअनुसार प्रत्येक “ईएसआईएम,” वा अर्थ स्टेशन इन मोशन, “विद्युतीय हिसाबले पहिलेका आधिकारिक उपभोक्ता प्रयोगकर्ता टर्मिनलहरूसँग मिल्दोजुल्दो छ,” जसमा थप भनिएको छ “ जसले उनीहरूलाई सवारी, जहाज र विमानमा इन्स्टल गर्न अनुमति दिनका लागि माउन्टिङ्ग हुनेछ।”

easy care

प्रकाशित: ५ बैशाख २०७८, आईतवार